३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली विद्यार्थीको मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकृतलाई बयानमा बोलायो

१४ फाल्गुन २०८१, बुधबार १३:२९

ओडिसा । ओडिशाको एक निजी इन्जिनियरिङ कलेजमा बीटेककी २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्सालले ‘आत्महत्या प्रकरण’ को अनुसन्धान तीव्र भएको छ । नेपालले सो घटनाको निष्पक्ष छानबिन गर्न माग गरिरहेको छ ।

साथै, ओडिशा सरकारले आफ्नो अनुसन्धानलाई तीव्रता दिएको छ र मंगलबार मात्रै किट कलेजका थप ४ अधिकारीहरूलाई उच्च स्तरीय समितिमा उपस्थित हुन बोलाएको छ।

उच्च शिक्षा विभागका अनुसार कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) का प्रमुख प्रोक्टर पीके पटनायक, निर्देशक संहिता मिश्रा, आन्तरिक समिति प्रमुख इप्सिता सत्पाथी र सहायक निर्देशक स्म्रिका पाटी र निजी कलेजका धेरै वरिष्ठ अधिकारीहरूलाई बोलाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

समाचार अनुसार उनीहरूलाइ फ्रेबुअरी २७ मा अतिरिक्त मुख्य सचिव (गृह) सत्यब्रत साहुको नेतृत्वमा रहेको समितिमा उपस्थित हुन भनिएको सूचनामा उल्लेख गरिएको छ । यस अघि फ्रेबुअरी २१ मा पनि केआईआईटीका संस्थापक अच्युत सामन्तसहित सो कलेजका ७ जना उच्च अधिकारीले समिति समक्ष हाजिर भई बयान दिएका थिए ।

नेपाली विद्यार्थीलाई मात्र छात्रावास छाड्न नोटिस किन दिइयो ? भन्ने प्रश्न सोधिएको थियो भने मृतक युवतीले एक महिनाभन्दा बढी समय देखी दिएको दुर्ब्याबहारको उजुरीमा किन कारबाही नगरेको ? भन्दै उनीहरुलाई सोधिएको थियो । ‘सामन्त र अन्यलाई पनि नेपाली विद्यार्थीहरू विरुद्ध कथित जातीय दुर्व्यवहारको बारेमा बारम्बार सोधपुछ गरिएको थियो,’ एक अधिकारीले भारतीय सञ्चारमाध्यमलाइ जनाएका छन् ।

नेपाली विद्यार्थीको आत्महत्याको घटना पछि ओडिशा सरकारले फ्रेबुअरी १८ मा एक उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । कथित आत्महत्यामा निम्त्याउने अवस्था, कलेज प्रशासनले गरेको कथित कारबाही, विद्यार्थीहरूको एक निश्चित समूह (नेपाली)लाई मात्र सूचना जारी गर्ने र उनीहरूका लागि संस्थान अनिश्चितकालका लागि बन्द गर्ने जस्ता कार्यहरू गरिए पछि सो समिति गठन भएको हो ।

यसका साथै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि घटनाका सम्बन्धमा उचित कारबाही गर्न र आत्महत्या गरेको आरोपमा पीडित नेपाली विद्यार्थीलाई न्याय दिन भारत सरकारसँग आग्रह गरेका थिए । साथै, ओली सरकारले नेपाली विद्यार्थीका लागि स्वस्थ शैक्षिक वातावरणको प्रत्याभूति गर्न प्रदेश सरकारलाई आग्रह गरेको जनाइएको छ ।

थप रूपमा नेपालले ओडिशाका मुख्यमन्त्री मोहनचरण माझीलाई पनि नेपाली विद्यार्थीहरू माथी भएको कथित उत्पीडनमा संलग्न किटका शिक्षक र कर्मचारीहरूलाई संस्थानबाट स्थायी रूपमा बर्खास्त गर्न सुनिश्चित गर्न अनुरोध गरेको छ।

गत फ्रेबुअरी १६ मा कलेजमा तेस्रो वर्षमा अध्ययनरत नेपाली कम्प्युटर साइन्सकी छात्रा छात्रावासको कोठामा झुण्डिएको अवस्थामा फेला परेपछि कलेजमा तनावको वातावरण बनेको छ । जसले नेपाल भारत सबन्धमा नै असर पारे पछि उडिसा सरकारले गम्भिर छानबिन सुरू गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन