२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीमाथि मुद्दा दायर

२०८१, १५ फाल्गुन बिहीबार १२:५३

काठमाडौँ | अमेरिकामा यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीलाई प्रहरीले मुद्दा दायर गरेको छ। मिनिसोटा राज्यको र्स्टन्स काउन्टी कोर्टमा र्स्टन्स काउन्टी प्रहरीले मुद्दा दायर गरेको हो। २० वर्षीय फयाल र १९ वर्षीय तामाङमाथि प्रहरीले फेब्रुअरी २१ मा मुद्दा दायर गरेको छ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपनि हाल, उनीहरू मिनिसोटामा नभेटिएकाले प्रहरीले राष्ट्रव्यापी खोजी अभियान सुरु गरेको छ। फयाल र तामाङलाई सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनिसोटामा अध्ययनरत एक विद्यार्थीलाई बलात्कार गरेको अभियोग लागेको छ। उनीहरू सोही कलेजमा अध्ययन गर्दै आएपनि अगस्तदेखि डिसेम्बरसम्मको सेमेष्टरमा भर्ना लिएको तर, उनीहरू गत विन्टर ब्रेकपछि कलेजमा नआएको कलेज प्रशासनले जानकारी गराएको छ।

मिनिसोटाको सेन्ट क्लाउड फस्ट एभिन्यू साउथमा रहेको छात्रावासको कोठामा गत नोमेम्भर १ मा महिलामाथि यौन दुर्व्यवहार भएको थियो। ती महिलाले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। यौन दुर्व्यवहारको शिकार भएकी महिलाले गरेको उजुरीको आधारमा शंकाष्पद रुपमा फयाल र तामाङलाई प्रहरीले सोधपुछ गरेको थियो।

प्रहरीले आफूसँगको सुरुवाति सोधपुछमा उनीहरूले घटनामा आफूहरू संलग्नता नरहेको बयान दिएपनि अनुसन्धानको क्रममा घटना घटेको समयमा उनीहरूको त्यहाँ उपस्थितिदेखि पीडितको स्वास्थ्य परीक्षणका क्रममा डीएनए सेम्पल म्याच भएको प्रहरीले जनाएको छ। साथै घटना घटेलगत्तै फयालले पीडित विद्यार्थीलाई इन्ष्टाग्राममा रिक्वेष्टसहित उनको स्वास्थ्य अवस्थाबारे चासो राखेर म्यासेज पठाएको प्रहरीले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा