Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पाठेघर खसेकी महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

टेक शाही | भदौ ७, डोल्पा | पाठेघर खसेर थला परेकी महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । ठुलीभेरि नगरपालिका ११ की गिता कार्कीलाइ नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको भगवति दल गुल्मका मेजर सौगात सिमखडाले जानकारि दिए । उनले भने बिरामी गिताको लागि १ घण्टा हेलिकप्टर रोकेर उपचारको लागि सुर्खेत लगेको बताए ।

गिता कार्कीको श्रमिान छैनन २ बर्ष पहिले यार्सागुम्बा टप्ने बेलामा लडेर उनको श्रीमानको मृत्यू भएको गिताका आफन्त रमेश कार्किले बताए । २८ बर्षकै कलिलो उमेरमा बिधुवा भए पछि निशुल्क सुर्खेत सम्म पठाएको स्थानिय ब्यापारि भानुपूताप हमालले बताए ।

दैनिक उपभोग्य सामान र भवन निर्माणका सामाग्रिका लागि स्थानिय ब्यापारिहरुले नेपाली सेनाको हेलिकप्टर चार्टर गरेको ब्यापारि रबिन्द्र शाहीले जानकारि दिए । उनले भने उताबाट सामान आउछ यताबाट यात्रु जाने भएकोले हेलिकप्टर चार्टर गरेको बताए ।

डोल्पाका स्थानिय ब्यापारिले गरेको चार्टर हेलिकप्टरमा क्षेत्रिय प्रशासक महेन्द्र प्रसाद गुरागाइले दुनैमा रहेको कारागार र जिल्लाको निरिक्षण गरेरका छन । क्षेति प्रशासक गुरागाइले जिल्ला कारागारको निरिक्षण जिल्ला सुरक्षा समितिसँग छलफल र जिल्लाको अबस्थाका बारेमा निरिक्षण तथा जानकारि लिएको प्रमूख जिल्ला अधिकारि केशब राज आचार्यले जानकारि दिए ।

ब्यापारिको सामान छोडेर प्रशासकलाइ लिएर जाने तयारिमा रहेको बेलामा पाठेघरको समस्या भएकी गिताको खबर आए पछि स्थानिय ब्यापारिको अनुरोधमा क्षेत्रिय प्रशासक र नेपाली सेनाको टिमले बिरामीलाइ पर्खेको नेपाली सेनाले जानकारि दिएको छ ।

यातायातको कुनै पनि माध्याम नभएको बेलामा नेपाली सेनाले पाठेघर खस्ने समस्या भएकी एक्कल महिलाको उद्धार गरेकोमा डोल्पाली जनताले नेपाली सेनालाइ धन्यबाद दिएका छन । मृत्यू कुर्नू भन्दा अर्को बिकल्प नभएको बेलामा नेपाली सेनाले बिरामीको उद्धार गरि दिएको र निशुल्क बिरामी सुर्खेत सम्म ब्यापारिले पठाएको गिताका आफन्तले खुसि ब्यक्त गरेका छ ।

डोल्पा जिल्ला यातायातको नाका बन्दी भए पछि स्थानिय ब्यापारिद्धारा दैनिक उपभोग्य सामाग्रीहरु नेपाली सेनाको हेलिकप्टरमा महगो भाडा तिरेर ल्याउने गरेका छन ।