२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

मुसलधारे असिना संगै बिलाए किसानका पसिना

२०७४, २४ चैत्र शनिबार ०७:०१

दलसिंह गिरी | चैत्र २३, कालिकोट । भित्राउन तरखरमा रहेको किसानहरुको हिउदेबाली शुक्रबार परेको मुसलधारे असिना पानी संगै नस्ट भएका छन । हिउदे सिजनको मुख्यवालीको रुपमा लिईने गहु र जौं बाली शुक्रबार दिउसो करिब आधा घण्टा लगातार परेको मुसलधारे असिना पानी संगै नस्ट भएको हो ।

जिल्लामै गहुबाली उत्पादनको एक पकेट क्षेत्रको रुपमा लिईने सान्नीत्रिबेणी, नरहरीनाथ, शुभकालिका, रास्कोट नगरपालिका लगायतका क्षेत्रमा दिउसो आएको मुसलधारे असिनापानीले गहु बालीको न फल न नल रहयो भन्दै स्थानीय किसानहरु दुख ब्यक्त गर्दछन् ।

गहुँबाली लगाएर पाक्ने सम्म पर्खि अहिले अन्तिममा आएर घर भित्राउने बेला एक्कसी आएको विपतले गरिव किसानको घरमा झन भोकमरी थुपरिएको शान्नीत्रिबेणी १ का स्थानीय खेमराज गिरी बताउछन् ।


गहुबालीमा सिचाईकुलो समेत चल्ने शान्नीत्रिबेणी १ सेरिज्यूलामा विगतको बर्षभन्दा यो बर्ष राम्रो गहुँबाली रहेपनि पाकेर घर भित्राउने बेला सबै सखाप हुने गरी नस्ट भएको भन्दै गित मार्फत,

गहुँ पाकी पहेला छिया गह्रा भया खाली ।

सेरिज्यूला असीना परी केही राखेन बाली ।।

भन्दै आफ्ना पिडा ब्यक्त गर्दछन् स्थानीय कृषक सुर्ज गिरी ।

यता जिल्लाका अधिकांश ठाउमा आएको मुसलधारे असिना पानीले करिव ५ हजार ४ सय हेक्टर गहुबाली नस्ट गरेको हुन सक्ने जिल्ला कृषि विकास कार्यालय कालिकोटले जनाएको छ । शुक्रबार आएको असिना पानीले कुन ठाउमा के कति क्षेति गर्यो भन्नेबारे सबै स्थानीय निकायमा रहेको कृषि सेवा केन्द्रबाट एकिन विवरण नआइसेककाले तत्काल के कति क्षेति भयो यसको यथार्थ जानकारी दिन नसकिने जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक कल बहादुर शाहीले बताउनु भएको छ ।

केही दशक यता किसानहरुको अन्नबाली कहिले खडेरी त कहिले असिनापानीले नस्ट गर्न थालेपछि स्थानीय किसानहरु घरपरिवारको छाक कसरी टार्ने भन्ने चिन्ता ब्यक्त गर्न थालेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी