२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियाको उदाहरणीय जन्मदिनको उपहार स्वेतालाई हस्तान्तरण

२०७५, ५ आश्विन शुक्रबार ०१:२६

आस्विन ५, काठमाण्डौं । अस्ट्रेलिया निवासी पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चलिसेका नाती सुशिल चालिसे र उहाँकी धर्मपत्नी श्रीमती अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्धय चार बर्षिया शायना चालिसे र एक बर्षिया समिका चालिसेको जन्मदिनको अबसरमा अस्ट्रेलियन डलर ५०० लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठलाई केही समय अघि हस्तान्तरण गरिएकोमा सो रकममा थप गरी रु ५०,००० (पचास हजार) आज एक कार्यक्रमका बीच चर्चित नायिका स्वेता खड्कालाई हस्तान्तरण गरिएको छ ।


श्रेष्ठले देशमा आएको महाप्रलयकारी भूकम्प ब्यबस्थापन कार्यमा लाग्ने प्रण गरेकी नायिका स्वेता खड्काले स्व. श्रीकृष्ण श्रेष्ठको जन्म जिल्लाको एउटा सीमांकृत जाती माझी समुदायकी एउटी बुहारीको रुपमा “स्वेता-श्री फाउण्डेशन” को पहिलो उदेश्य भूकम्पले भत्काएको ‘माझी बस्ती’ निर्माण गर्ने उद्धेस्य अनुरुप सो समुदायको ५६ परिवारका ३७५ जनाको लागि करीब १७ रोपनी जग्गामा एकीकृत बस्ती बनाउने कार्यमा जुटिरहेकोले सो परियोजनामा केही इट्टा थप्न सहयोगी हुने किसिमले सो रकम स्वेता खड्का अमेरिकाबाट नेपाल फर्कने बित्तिक्कै हस्तान्तरण गरिने बताउनु भए अनुरुप स्वेता खड्काको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच चक्रपाणी चलिसेका छोरा सुर्य प्रशाद चालिसे र बुहारी अम्बिका चालिसे एबं अनिता भण्डारी चालिसेकी आमा गोमा भण्डारीले संयुक्त रुपमा उक्त रकम स्वेता खड्कालाई हस्तान्तरण गर्नु भएको हो ।   


चालिसे दम्पतिले आफ्नी छोरी शायना चालिसेको पहिलो जन्मदिन मनाउँदा एक्सन वर्क नेपाल दोश्रो जन्मदिन मनाउँदा समाजसेवी दिक्षा चापागाईं आबद्ध हुनुभएको पबित्रा समाज नेपाल मार्फत सहयोग पुर्याएकोमा गत बर्ष भने जन्मदिन मनाउने दिनमा नै अर्की छोरी समिकाको जन्म भएकोले जन्मदिन मनाउन पाउनु भएको थिएन । दुबै छोरीको जन्मदिन एक्कै दिन परेकोले दुबै छोरीको जन्मदिन मनाउने क्रममा यो बर्ष ५०० डलर सामाजिक कार्यमा योगदान दिने निर्णय गरेको जानकारी गराउनु भएको थियो दुबै छोरीको जन्मदिन मनाउने क्रममा ।


सो समुदायमा १८४ महिला छन भने सो समुदायका १५% मात्रै साक्षर छन । निर्माणाधिन नमूना बस्ती बहुसंख्यक नेपालीको सरदर हैसियतभन्दा सुबिधायुक्त ब्यबस्थित बस्ती हुनेछ । रकम हस्तान्तरणकै समयमा माझी बस्तीका प्रतिनिधिहरुसंग छलफल पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ