२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुम समाज यूकेको बैठक सम्पन्न, मयङ्लुङ् क्याम्पस भवन निर्माण सहयोग अन्तिम चरणमा

२०७५, १० मंसिर सोमबार ०३:३०

सुरेन्द्र इङ्नाम | मङ्सिर १०, (केन्ट), बेलायत | गत २५ नोभेम्बर २०१८ को दिन बेलायतको आशफोर्डमा तेह्रथुम समाज यूकेले मयङ्लुङ् क्याम्पस भवन निर्माण सहयोगार्थ बैठक साथै उप–सभामुख डा. शिबमाया तुम्बाहाङ्फेज्यूको सम्मान कार्यकम सम्पन्न गरेको छ ।

कार्यक्रमको पहिलो चरणः यस संस्थाका संस्थापक अध्यक्ष चित्राज लिम्बुले सन २०११ मा उक्त सहयोगको सुरुवात गरेर पुर्बाध्यक्ष सुर्य खापुङ्ले शसक्त रुपमा लागी परेपछि धेरै सहयोग जुटाएर बर्तमान कमिटीलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त भवन निर्माण सहयोगलाई अध्यक्ष डम्मर सिङ्गकले अन्तिम निर्णय लिन आज बैठक राखि भवन निर्माणको लागी स्विकृति लिने र दिने जस्मा भवनको एक छेउको ३ तले (एक एक कोठा पत्येक तलामा) साथै अन्य विविध कार्यको पनि समाजले निर्णय गरेको छ ।  

उक्त भवन निर्माणको लागी नेपाली रु १ लाख देखि रु ५ हजार माथि सहयोग गर्नेहरुको नाम शिलालेखमा रकम अनुसार राखिने र अन्य दाताहरुको रेकर्ड कार्यलयमा सुरक्षित राखिने निर्णय गरिएको छ । पहिलो चरणमा च्यारिटी डिनर नाईट बाट उठेको रकम नेपाली रु ३ लाख २१ हजार ५ सय रुपैया केहि वर्ष अगावै हस्तान्तरण गरि सकिएको र वर्तमान अध्यक्ष सिङ्गकले अब बाँकि उठेको २ हजार ७ सय ५४ पाउण्ड रकमलाई कहिले र कसरि हस्तान्तरण गर्ने भन्ने निर्णय गर्दै अध्यक्षले पहिलो चरणको कार्यकम समापन गरे । 

यस संस्थाले सन २००७ (स्थापना काल देखि) धेरै परोपकारी कार्यहरु गर्दै आएको छ । क्यान्सर पिडित आर्थिक सिङ्गक, मुटूको रोगी सरिता लिक्बु, क्यान्सर पिडित भिम प्रसाद थेगुम्बा, क्यान्सर पिडित मौसम लिम्बु, तेह्रथुम सदर मुकामा रहेको समाधि स्थलको पुनर्निर्माण सहयोग साथै आठराई सक्रान्ति बजारमा भएको आगलागी पछि अग्नि पिडितहरुको लागी १५ लाख नेपाली रुपैया प्रतक्ष पिडितहरुको हात–हातमा रकम हस्तान्तरण गरेको छ । यस मयङ्लुङ् क्याम्पस भवन निर्माण सहयोग रासी भने करिब ७ लाख रहेको प्रतिवेदन  समाजका कोषाध्यक्ष जमिन थाम्देनले दिनु भयो ।


कार्यक्रमको दास्रो चरणः नेकपा एमाले नेपालका वर्तमान उप सभामुख डा. शिबमाया तुम्बाहाङ्फेज्यूको सम्मान कार्यक्रम रहेको थियो उक्त कार्यक्रममा समाजका अध्यक्ष सिङ्गकले हाम्रो जिल्लाका एक चेलिले राष्ट्रकै गरिमामय पदमा रहेर जनताको सेवा गर्ने सु–अवसर पाएकोमा गौरन्वित भएको अभिब्यक्त गर्दै संस्थाले सम्मान पत्र दिएर सम्मान गरे । अन्तरकृयाको क्रममा संघियताको लागी अहिलेको संविधान पुर्ण नभएको, लिम्बुवानको माग, विजयपुरको अतिक्रमण बारे प्रश्नमा उप सभामुखले अप्रत्यक्ष रुपले वर्तमान पदले यी कुनैपनि प्रश्नको जवाफ दिन नमिल्ने भनाई अभिब्यक्त गर्दै नेपालको वर्तमान राजनिति र देशमा भएका समस्या र विकासको कार्यहरुहरु प्रस्तुत गर्नु भएको थियो । 

बिहान ११ बजे बाट कार्यक्रम सुरु भएर साँझ ५ बजे सकिएको कार्यक्रमलाई संस्थाको सचिव जय मादेम्बाले सञ्चालन गरेका थिए भने स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष सानु सुब्बाले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु