२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्दिरमा बाँडिएको प्रसाद खाँदा ११ को मृत्यु, ९३ बिरामी, २९ जनाको अवस्था गम्भिर

२९ मंसिर २०७५, शनिबार ०९:५९

मङ्सिर २९, नयाँदिल्ली | भारतको कर्नाटक राज्यमा अवस्थित एक मन्दिरमा बाँडिएको प्रसाद खाएपछि एघार व्यक्तिको मृत्यु भएको छ । 

मन्दिरमा वितरण गरिएको प्रसाद विषाक्त भएकाले त्यो खानेहरूको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । 

प्रसाद खाएकामध्ये कूल ९३ जना बिरामी परेकामा २९ जनाको अवस्था गम्भीर रहेको उनीहरूले बताएका छन् । बिरामी भएकाहरूलाई कर्नाटक राज्यको माइसोरमा रहेका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । 


विषाक्त खानाका कारण एघारको मृत्यु हुनाका साथै ९३ जनालाई घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको र तीमध्ये २९ जनाको अवस्था गम्भीर रहेको एक सरकारी अधिकारीले दिनुभएको छ । 

घटनास्थलनजिकै रहेको स्वास्थ्य कार्यालयका अधिकृत के. एच. प्रसादले मन्दिरमा वितरण गरिएको प्रसादमा विषाक्त पदार्थ मिसिएको हुन सक्ने बताउनुभयो । 

उहाँले सो विषाक्त खानाको परीक्षणका लागि प्रयोगशालामा लगिएको पनि जानकारी दिनुभयो । परीक्षण र अनुसन्धानपछि मात्रै सो खाना कसरी विषाक्त भयो भन्ने यकिन हुने उहाँको भनाइ छ । 

बिरामीहरूलाई बान्ता हुने, पखाला लाग्ने, श्वासप्रश्वासमा समस्या हुनेलगायत लक्षणहरू देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । सुलावाडी गाउँको किच्चुकुट्टी मारम्मा मन्दिरमा शुक्रबार उक्त घटना भएको हो । एउटा विशेष धार्मिक कार्यक्रम भइरहेको सो मन्दिरमा आएकाहरूलाई प्रसाद वितरण गरिएको थियो । 

“हामीलाई पूजा सकिएपछि गोलभेँडा र भात खान दिइएको थियो जसमा अलि नमीठो गन्ध आइरहेको थियो,” उक्त धार्मिक कार्यक्रममा सहभागीहरूले भने । विषाक्त खाना खाएर कागहरू पनि मरेको बताइएको छ । घटनाका बारेमा अनुसन्धान गर्न प्रहरीले दुई जनालाई पक्राउ गरिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य