२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ससुराबाटै २० वर्षे बुहारी बलात्कृत, श्रीमान र सासुको दवाब सहन नसकेर गरिन् आत्महत्या

४ पुष २०७५, बुधबार ०९:३०

भारतको मध्यप्रदेशमा बाजारिया नामको एउटा गाउँ छ । यो जूनमा त्यहाँ २० वर्षकी राधा (परिवर्तित नाम) को विवाह विवेक (परिवर्तित नाम) सँग भयो । विवाहलगत्तै उनका ससुराले उनको यौन शोषण गर्न सुरु गरेका थिए । तर उनी चुप बसिन् । एक दिन राधालाई घरमा एक्लो देखेर ससुराले उनको बलात्कार गरे । राधाले यसबारे सासु र श्रीमानलाई बताइन् । मद्दत पाउनुको साटो यी दुईले उल्टै राधालाई नै तथानाम गाली गरे । उनकी सासुले यसबारे कसैलाई भने नतिजा भयानक हुने चेतावनी दिइन् । यता श्रीमान् विवेकले यदि राधा उक्त घरमा बस्ने हो भने उनले यो सब सहनु पर्ने बताए ।

घरका कसैले पनि आफ्नो कुरा नबुझेपछि राधाले माइतीलाई यसबारे भनिन् । जब राधाले फोनमा यसबारे आफ्नी आमासँग कुरा गरिन् तब उनका श्रीमानले सबै सुने । त्यसपछि विवेकले राधालाई यातना दिन सुरु गरे । विवेकले राधाको फोन फुटाइदिए र उनलाई निकै कुटे । राधा त्यसपछि आफ्नो माइती गइन् । उनी यति विक्षिप्त भइसकेकी थिइन् कि उनले पंखामा झुण्डिएर आत्महत्या गरिन् ।

आत्महत्या गर्नुअघि राधाले श्रीमानसँग फोनमा कुरा गरेकी थिइन् । तर उनले राधाको कुरा सुनेनन् । आत्महत्या गर्न चाहेको हो भने गर्न सक्छौ भनेर फोन काटिदिए ।

राधा नरसिंहपुरमा थिइन् । उनको मृत्युपछि उनका आमा–बुवाको बयान लिइयो । उनका ससुरामाथि बलात्कारको मुद्दा दर्ता भयो र सासु र श्रीमानमाथि आत्महत्याका लागि उक्साएको आरोप दर्ता भयो ।  

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य