२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाबाट “सच्चीको साथमा..” कार्यक्रम टोलीबाट नेपालका अनाथहरुलाई सहयोग

२५ पुष २०७५, बुधबार १६:०५

विजय थापा | पुस २४, वाशिंगटन डीसी । “सच्चीको साथमा..” नामक कार्यकमको टोलीले नेपालको विकट गाउँ बाजुराका अनाथहरुको सहयोगार्थ ५ लाख ३५ हजार ७ सय ९ रुपैया ३६ पैसा संकलन गरेको छ । उक्त रकम जनवरी ८ तारिखमा नेपाल पठाई सकिएको जानकारी  “सच्चीको साथमा “नामक कार्यक्रमकि प्रस्तोता सच्ची मैनालीले जानकारी गराइएकि छिन् । अमेरिकाबाट कुल ३ हजार ७ सय ६६ डलर ४७ सेन्ट पठाईएको छ भने नेपाली रुपैया ४ लाख १३ हजार ७ सय ६४ रुपैया हुन् गएको छ । उक्त रकम गो फन्डको खर्च कटाएर पठाइएको हो ।

उक्त रकम जनवरी ८ तारिखमा नेपाल पठाई सकिएको जानकारी  “सच्चीको साथमा "नामक कार्यक्रमकि प्रस्तोता सच्ची मैनालीले जानकारी गराइएकि छिन् । अमेरिकाबाट कुल ३ हजार ७ सय ६६ डलर ४७ सेन्ट पठाईएको छ भने नेपाली रुपैया ४ लाख १३ हजार ७ सय ६४ रुपैया हुन् गएको छ ।

नेपालका चर्चित कान्छा सामाजिक अभियन्ता केपी खनाल स्वयमले नेपालको विकट बाजुराका करिव ४० अनाथ बालबालिकाहरुका लागि शुरुआत गरेको अनाथ बालगृह निर्माणको निर्माणका लागि आवश्यक आर्थिक सहयोगका लागि पहल गरिदिन अनुरोध गरेपछि तत्कालै नि:शर्त उक्त अभियान इनेप्लिज डट् कम अनलाईन मिडियाको "सच्चिको साथमा" टिमले नि:स्वार्थ उक्त अभियानलाई हातेमालो गर्दै केही साता अघि मात्र गो-फण्ड मार्फत अमेरिकाबाट आर्थिक सहयोग अभियान थालिएको थियो।

नेपालको बिकट गाउँ बाजुरामा बन्दै गरेको अनाथहरुको बालगृह निर्माण कार्यमा आर्थिक अभावका कारण भवनको छत हाल्ने तथा अन्य विविध निर्माण कार्य रोकिएको हुँदा उक्त कार्य कुनै पनि हालतमा रोकिनु हुन्न र यसका लागी अपुग रकम मध्ये संसारभरका नेपाली परिवारजनहरुबाट अनुरोध गर्ने र यसै क्रममा अमेरिकावासी नेपाली समुदायबाट करिव ३ लाख नेपाली रुपैया जति संकलन गर्ने लक्ष्य राखेको अभियानका अभियन्ता के पि खनालले बताएका थिए।

उनैको विशेष अनुरोधपछि उक्त अभियानलाई इनेप्लिजको घरबास र प्रवासको समसामयिक बिषय समेटिँदै संचालनमा रहेको चर्चित कार्यक्रम "सच्चीको साथमा" का टिमले अमेरिकाका लागी सहयोग संकलन र उक्त अभियानमा सहकार्य गरेको हो।

३ हजार अमेरिकी डलरको लक्ष्य राखेर सुरु गरिएको "हेल्प फर दि होमलेस किड्स अभियान शुरु गएको करिव २६ घण्टामा रकम संकलन भएको हो । 

८७ जना विभिन्न मनकारी दानबीरहरुबाट प्राप्त उक्त सहयोग रकमले अब अनाथ बालबालिकाहरुका लागि बन्ने बालआश्रम बन्न अब नरोकिने र समय मै निर्माण सम्पन्न हुनेमा सबै ढुक्क भएका छन् । 

दान सहयोगमा बिशेष दोश्रा पुस्ताका नेपाली अमेरिकी बालबालिकाहरुको उत्साहजनक रुपमा सहभागीता रहेको छ । ती स-साना बालबालिकाहरुमा आफ्नो मातृभूमी प्रतिको प्रेम, घरदेशको अवस्था र बिशुद्ध समाजसेवाको भावनालाई जागृत गराउँदै यस्ता अभियानहरुमा सहभागी गराउन सफल भएकोमा अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित बिधुतिय पत्रिका (अङ्किय पत्रिका) ईनेप्लिज डट कमको “सच्चीको साथमा” नामक कार्यक्रम कि प्रस्तोता सच्ची मैनाली सहित उनको समूहले यो अभियान सोँचे भन्दा सफल भएको जनाएको छ । 

यसले उक्त टोलीलाई थप उत्साह र जिम्मेवारी थपिएकोले भावी दिनहरुमा यस्ता अन्य मानवीय सहयोगका अभियानहरुलाई समेत निरन्तरता दिँदै लगिने सम्पुर्ण शुभचिन्तकहरुमा जानकारी गराउँदै कार्यक्रम संचालिका सच्ची मैनालीले भबिश्यमा समेत यसरी नै सवैले साथ, सहयोग र सहकार्य गर्ने कुरामा आफुहरु बिश्वस्त रहेको बताएकि छिन्।


साथै हाल सम्म बाजुराको अनाथ बालगृह निर्माणको लागि जम्मा गो-फण्ड तथा प्रत्यक्ष रुपमा गरेर रू ५ लाख ३५ हजार ७ सय ९ रुपैया ३६ पैसा आर्थिक सहयोग संकलन भएको छ भने भविश्यमा पनि अझै केही दाताहरुले सहयोग गर्ने इच्छा ब्यक्त गरेको मैनालीले जानकारी गराईन्।

गत डिसेम्बर २८ तारिखमा शुरु गरिएको गो-फण्ड मार्फत सच्चीको साथमा टिमले हातेमालो गरेर कान्छा अभियन्ता के. पि खनालको बालगृह निर्माणको आर्थिक सहयोग संकलन अभियान शुरु भए लगतै डिसेम्बर २९ तारिखको साँझ भित्र नै लक्षित सहयोग रकम संकलन भएको थियो ।

अमेरिकी बिदाका दिनहरुका कारण आज जनवरी ८ तारिख मात्रै खाताबाट रकम झिकी नेपाल पठाईएको र हाललाई उक्त गो-फण्ड खाता बन्द भएको जानकारी गराउँदै उक्त ठुलो रकम भन्दा पनि सवैको सहभागिता र थोरै रकम प्रदान गर्न सकियोस होस् भन्ने हेतुले गरिएको आवाज सबैले सुनी सहयोग गरेको बताइन ।


अभियानलाई विभिन्न संजालहरु मार्फत शेयर गरि प्रचारप्रसारमा सहयोग गर्नुहुने जान अन्जान करिव ३९७ सहयोगीजनहरु र करिव ८७ जना मनकारी सहयोगदाताहरु र सम्पुर्ण टिम प्रति हार्दिक आभार ब्यक्त गरेकी छिन्। 

उनले अगाडी भनिन – "अनाथ बालबालिकाहरुलाई ओत लाग्ने ठाउँ बन्नै पर्छ र परदेशमा रहेर पनि देशमा केही सहयोग गर्ने यो राम्रो अवसर पनि हो भन्दै ईजरायलबाट समेत १ लाख नेपाली रूपैंयाको सहयोग प्राप्त भएको बताएकी छिन्।

आफ्ना दुई मुटुका टुक्राहरू ६ बर्षकि डिएला ओली र दुई बर्ष पनि नपुगेकि आविगेल ओलीको नाममा बुवा दिपक प्रसाद ओली र आमा इश्वरी बानिया ओलीले समेत हाम्रो यस सच्चीको साथमा कार्यक्रमबाट शुरु गरिएको सहयोग संकलन अभियानलाई साथ र सहयोग गरेको जानकारी गराउनु भएको छ । काठमाडौँमा २१ हजार ९ सय ४५ रुपैया हस्तान्तरण भै सकेको छ । 

सामाजीक अभियन्ता दिपक प्रसाद वलीले उक्त रकम यसै कार्यक्रमको दौरानमा समूहसंग सम्पर्क र समन्वय गरी हस्तान्तरण गर्ने जानकारी गराउनु भएको छ । उल्लेखित रकम मध्ये अब मात्र १ लाख रूपैंया यसै हप्ता हस्तान्तरण नेपालमै हुने मैनालीले बताएकि छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य