२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घरमा पैसा पठाउँदा युएईमा ९ जना नेपालीले पाए सुन उपहार

२०७५, २७ पुष शुक्रबार ०७:०६

पुस २७, युएई |  युएईमा ९ जना नेपालीले सुन उपहार पाएका छन् ।

अल अहलिया एक्सचेन्ज युएईको विन्टर साप्ताहिक प्रोमोसनमा उनीहरुले १०/१० ग्राम सुनको सिक्का जितेका हुन् । यो योजनामा साप्ताहिक प्रोमोसनमा हरेक हप्ता १ जनालाई १० ग्राम र मेघा पुरस्कारमा एकजनालाई १ केजी सुन उपहार राखिएको थियो ।

१ केजी सुन भने भारत कोलकत्ताका संजित मण्डलले जितेका छन् ।

सुन उपहार पाउने नेपालीहरुमा बिजेन्द्रप्रसाद मण्डल, टिकाराम श्रेष्ठ, दिक्षीत पोखरेल, विजयकुमार झा, खिमबहादुर गैरे, भीमबहादुर महत, तासी शेर्पा, रवी सहानी र सुजन तामाङ्ग छन् ।

एक्सचेन्जले आफ्ना ग्राहकलाई लक्षित गरी गत नोभेम्बर ७ देखि जनवरी ६ तारिखसम्म विन्टर प्रोमोसन योजना संचालन गरेको थियो ।

योजनामा सहभागी भइ युएईको कुनैपनि शाखाबाट आˆनो देशमा पैसा पठाउने ग्राहकमध्ये लक्की ड्र मार्फत छनोट भएकाहरुले सुन जितेका हुन् ।

उपहार जित्नेहरुलाई बिहीबार एक्सचेन्जको रस अल खेमा शाखामा एक कार्यक्रमकाबीच उपहार हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश