२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेशियामा बस्ने थारु युवाहरूद्वारा नेपालमा ट्रेड सेन्टर खोल्ने तयारी

२०७५, १७ माघ बिहीबार ०६:३४

साजन शर्मा । माघ १७, मलेसिया । स्वदेशमै रोजगारीको बाताबरण बनाउने उदेश्यका साथ मलेशियामा बस्ने थारु समुदायका युवाहरूले नेपालमा ट्रेड सेन्टर खोल्ने तयारीमा जुटेका छन् । 

नयाँ बर्ष २०१९ को अवसरमा प्रवासी थारु सेवा समाज मलेसियाका प्रतिनिधि तथा अगुवाहरुको उपस्थितिमा भएको छलफलमा मलेसियामा कार्यरत थारु युवालाई नेपाल फर्केपछि स्वरोजगार बनाउने उदेश्यले बुटवलमा ट्रेड सेन्टरको कार्यालय खोल्ने योजना बनाएका छन् ।


करिब १ करोडको लगानीमा फेन्सि, गिफ्ट र कस्मेटिकको थोक तथा खुद्रा ब्यापार संचालन गर्नुका साथै विभिन्न जिल्लाहरुमा शाखा खोल्ने तयारीमा जुटेका छन् । सो ट्रेड सेन्टर संचालनको नेतृत्व प्रवासी थारु सेवा समाजका अध्यक्ष मनिराम थारुले गर्ने र तालीम तथा ब्यापार ब्यवस्थापन सम्बन्धि कार्य संस्थाका सल्लाहकार रमेश कुमार पजियार थारुले गर्ने सहमति गरेका छन् ।

ट्रेड सेन्टर मलेशियामा बस्ने थारुहरुको सयुक्त लगानीमा संचालन हुनेछ। संस्थाका अध्यक्ष थारुले थारु युवाहरूलाई आत्मनिर्भर बनाउनुको ट्रेड सेन्टर खोल्न लागेको बताए। 

उनले बिशेषगरि मलेशियाबाट फर्केका र फर्किने सोच बनाईरहेका थारु युवाहरू लाई यो योजनाले सहयोग मिल्ने बताए।  ट्रेड सेन्टरको सदस्यता मलेशियामा बस्ने थारुहरु वा नेपाल फर्किसकेका थारु युवाहरूले लिन सक्ने जनाइएको छ। साथै ट्रेड सेन्टर संचालनको लागी संस्थाका सल्लाहकार रमेश पजियार थारुले ३ लाख नेपाली रुपैया आर्थिक  सहयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश