२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आईडल सिजन २ प्रतियोगी अमेरिका आउने, को को आउँने भए ?

२०७५, १९ माघ शनिबार ०७:२२

विजय थापा । माघ १९, काठमाडौं। नेपाल आईडल सिजन २ का अन्तिम सर्वोच्च ३ प्रतियोगीहरु अमेरिका आउने भएका छन् । नेपाल आइडल सिजन २ का बिजेता रबि ओड ,प्रथम बिजेता बिक्रम बराल तथा द्वितीय बिजेता सुमित पाठक आउने भएका छन् । तीनै जना आगामी अप्रिल/मे महिनामा कार्यक्रमको लागी आउने छन् ।

उक्त नेपाल आईडल सिजन २ का अमेरिकाको लागि केटिएम इन्टरटेन्टमेन्टले गर्ने छ । आयोजक केटिएम इन्टरटेन्टमेन्टका अनुसार उनीहरुले अमेरिकाका विभिन्न राज्यहरुका विभिन्न शहरहरुमा कार्यक्रम प्रस्तुत गर्ने छन् । कार्यकमको सुरुवात बोस्टन शहरबाट सुरु हुने छन् भने बोस्टनको वनडरल्याण्ड बलरुममा अप्रिल १२ तारिख शुक्रबारका दिन कार्यक्रम हुने छ ।


बोस्टनबाट अप्रिल १२ आ सुरु भएको कार्यक्रम मे १२ तारिखका दिन सेन्ट लुइसमा सम्पन्न हुनेछ । आयोजकका अनुसार अप्रिल १२ बोस्टन ,अप्रिल १३ न्यू योर्क ,अप्रिल ९ बाल्टिमोर ,अप्रिल २० वाशिंगटन र अप्रिल २७ तारिख मिनेसोटा ,अप्रिल २८ ड्यालस ,मे ३ अस्टिन ,मे ४ सन फ्रान्सिस्को ,मे १ लस एन्जेलस तथा अन्तिम मे १२ मा सेन्ट लुइसमा हुने छ ।

आयोजकका अनुसार सन् २०१९ को सबै भन्दा बृहत कार्यकम हुने छ भने नेपाल आइडलका प्रशंसकहरु कार्यकम हेर्न प्रतिक्षारत रहने छन् । उनीहरुले आफ्नो मौलिक,साँस्कृतिक तथा स्वाभाविक गीतहरु प्रस्तुत गर्ने छन् ।

न्यू योर्कमा नेपाली नयाँ बर्ष को दिन कार्यकम प्रस्तुत हुने छ भने कार्यक्रम मेलरोज बलरुम एस्टोरिया न्यू योर्कमा हुने छ । केटिएम इन्टरटेन्टमेन्टका संस्थापक राकेश गुरुङ नेपाल आइडल सिजन २ अहिले सम्म कै सर्वाधिक रुपमा बिश्व ब्यापीरुपमा बिधुतिय प्रणाली सहित हेरिएको बताउदछन । नेपाल आइडलकि कार्यक्रम प्रस्तोता रिमा विश्वकर्माले कार्यक्रम संचालन गर्ने छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश