रमेश खड्का काशी | दुबईमा मार्च १५ तारिक आयोजना हुने नेपथ्य लाईभ कन्सर्टबाट संकलन भएकों मुनाफा धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्द अन्तर्रा्ष्ट्रिय क्रिकेत रगंशाला निर्माणस्थल सहयोग गर्ने भएको छ ।
लोकरक ब्याण्ड नेपथ्यले स्थापनाको २५ औं वर्ष अवसरमा सांगीतक यात्राको लागि देश बाहिर दुबई आउन लागेको हो । नेपथ्य लाइभ कन्सर्ट नामकरण गरिएको सांगीतिक कार्यक्रम करामाको अलनासर लेजरल्याण्ड क्लबमा हुने भएको छ । ३ हजार बढी दर्शक क्षमता भएको क्लबलाई तताउन नेपालबाट ब्याण्डका प्रमुख अमृत गुरुङको संयोजनमा १० सदस्यहरु टोली आउने आयोजक मोहनसिंग लिम्बुले बताए ।
भारत, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, बेलायत, युरोप, कोरिया, जापान, हङकङ, लगायतका देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेको नेपथ्य दोश्रो पटक दुबई आउन लागेको हो ।
प्रवासमा रोजगारीको थकानलाई नेपाली कलासाहित्य संस्कृतिलाई प्रबर्धन एंवम् साङ्गितिक मनोरञ्जनको लागि सांगीतिक समुह नेपथ्य दुबई आउन लागेको हो। नेपथ्य लाइव कन्सर्ट नामकरण गरिएको सांगीतिक कार्यक्रम दुबाईको आयोजना युएईमा रहेका रमेश ढकाल, मोहनसिंग लिम्बु सुजन रजक र हरि भुजेलले आयोजन गरेका हुने ।
सांगीतिक समुह नेपथ्यले यसअघि दुबईमा नेपालमा विनासकारी महाभुकम्पबाट पिडितहरुको लागि सहयोगार्थ कर्यक्रम सफल रुपमा सम्पन्न भैसकेको छ । २०१९ मार्च १५ तारिक हुने कार्यक्रमबाट संकलित मुनाफा भएको २० प्रतिशत रकम पनि गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेत रगंशाला निर्माणस्थलको लागी सहयोग गर्ने आयोजक बताएका छन ।
लोक, रक र पप गीतको फ्युजने मनोरन्जन प्रदान गर्दौ सामाजिक सेवामा समेत अग्रसर रहदै आएको छ । विश्व चर्चित सांगीतिक मञ्च वेम्बलीमा सांगीतिक प्रस्तुति समेत गरिसकोके एक मात्र सांगीतिक समुह हो। नेपालको पुरानो तथा चर्चित सांगीतिक समूहले भारत, अष्ट्रेलिया, अमेरिका बेलायतलगायतका देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेको छ ।
नेपथ्य ब्याण्डले हालसम्म नेपथ्य, हिमाल चुचुरे, मीन पचासमा, रेशम, भेडाको ऊनजस्तो, घटना, मेरो देश, ऐनाझ्याल लगाएतका एल्बम ल्याइसकेको छ । यस एतिहासिक नेपथ्यको सांगीतिक समुहको प्रस्तुतिमा हुने नेपथ्य लाइव कन्सट कार्यक्रमलाई भंब्य र सफल बनाउनको लागि आयोजकले त्यस दिन युएईमा अन्य कुनै कार्यक्रम नगरिदिनु अनुरोध गरिएको आयोजक रमेश ढकालले अनुरोध गरेका छन ।
नेपथ्य लाईफ कन्सट दुबईका आयोजकले कार्यक्रमलाई एतिहासिक रुपमा सफल बनाउन युएईमा कृयासिल सम्पूर्ण सामाजिक संस्थाहरु, जातिय संस्थाहरु, राजनितिक दलका भातृ संगठनहरु, बुद्धिजिवि, समाजसेवी, ब्यबसायी तथा पत्रकारहरु सबैलाई सहयोग गरिदिनुहुन अनुरोध गरेको छ ।