२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यूयोर्कमा नेपालकी सामाजिक अभियन्ता ईन्दिरा रानामगरसहित १९ देशका नारीहरु सम्मानित

१ चैत्र २०७५, शुक्रबार १५:३२

चैत १, न्यू योर्क | न्यूयोर्कमा नेपालकी सामाजिक अभियन्ता ईन्दिरा रानामगर १९ देशका अन्य नारीहरुसंगै सम्मानित भएकी छिन् । विश्व भरका १५५ भन्दा बढी देशहरुका न्यू योर्कमा स्थापित वाणिज्यदूतावासहरुको संगठन 'सोसाईटी अफ फरेन कनुल्स न्यू योर्क’ द्वारा अन्तरराष्ट्रिय नारी दिवस २०१९ को अवसरमा १९ देशका नारीहरुसंगै प्रिजनर्स एसिस्टेन्स नेपालकि संस्थापक अध्यक्ष ईन्दिरा रानामगरलाई सम्मानित गरिएको छ ।


सोसाईटीद्वारा पहिलो पटक सन् २०१८ मा अर्की सुपरिचित नेपाली सामाजिक अभियन्ता तथा अमेरिकाको जर्सी सिटी शहरका मेयरकि सल्लाहकार डा. विष्णुमाया परियारलाई सम्मान गरिएको थियो।सामाजिक अभियन्ता ईन्दिरा रानामगरले विगत २८ वर्षदेखि जेलमा बन्दी जीवन विताईरहेका दश हजारभन्दा बढी बन्दीहरूलाई आफ्नो संस्था मार्फत स्वास्थ्य उपचार, शिक्षा, मानवअधिकार र उद्धार स्याहार पुर्याउँदै आएकी छिन् । 

प्रिजनर्स एसिस्टेन्स नेपालले स्थापनाकाल सन् २००० देखिनै काठमाण्डूको केन्द्रीय कारागार जेलभित्र महिला बन्दीहरूको लागि प्राथमिक विद्यालय र जेलकै बाहिर ति महिलाहरूको सन्तानहरूको निम्ति डेकेयर सेन्टर सन्चालन गर्दै आएको छ। उनको संस्थाले नेपालको बिभिन्न जिल्लाहरूमा १६ वटा बालबालिका गृह (चिल्ड्रन होम) निर्माण गरी हालसम्म बन्दीमा परेका आमाबाबुहरूका र टुहुरा बनेका १,६०० भन्दा बढी बालबालिकाहरूलाई संरक्षण प्रदान गर्दै आएको छ।

सामाजिक अभियन्ता ईन्दिरा रानामगरलाई बन्दी आमाबाबु र तिनका बालबालिकाहरूको उद्दार र संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको कदर स्वरूप सन् २०१४ मा विश्व प्रसिद्ध ‘वर्ड चिल्ड्रन अनरेरी पुरस्कार’ प्रदान गरिएको थियो भने बिबिसी रेडियोले सन् २०१७ मा विश्वभरबाट ‘बिबिसी १०० प्रेरणादायी र आविस्कारी महिलाको रूपमा चुनेको थियो  । 

सन् २००५ मा अमेरिकाको अशोका फ़ाउण्डेशनको अशोका फेलो सम्मान प्राप्त गरेकी सामाजिक अभियन्ता रानामगर नेपाल सरकारको महिला तथा बालबालिक मन्त्रालय र क्रियटिभ स्टेटमेण्टद्वारा ‘पावर गडेश-२००६’ पुरस्कार, सन् २००९ मा एशिया सोसाईटीद्वारा ‘एशिया २१ युवा नेता सार्वजनिक सेवा पुरस्कार’ लगायतबाट सम्मानित भै सकेकी छिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य