२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झण्डा दिवसमा ३ जना संचारकर्मी सम्मानित, प्रसाईको फोटो उत्कृष्ट

२ बैशाख २०७६, सोमबार ०२:३८

वैशाख २, काठमाडौ । नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले तीन जना नेपाली संचारकर्मीहरूलाई सम्मान गरेको छ। प्रत्येक नेपाली नयाँ बर्षलाई अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसका रुपमा मनाउँदै आएको प्रतिष्ठानले डायस्फोरामा रही नेपाली कला र संस्कृतिलाई योगदान दिएका संचारकर्मीहरूलाई सम्मान गरेको हो।

प्रतिष्ठानले आईतबार एक बिज्ञप्ति जारी गर्दै एसियाबाट पुरु जोशी, युरोपबाट बसन्त रानाभाट र अमेरिकाबाट बिजय थापालाई ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष नवराज पोखरेलले बिदेशमा रही नेपाली संस्कृति, साहित्य र संचारको क्षेत्रमा समर्पित भई आ-आफ्ना क्षेत्रबाट बिशेष योगदान दिदै आएका संचारकर्मीहरूलाई सम्मान गर्न पाउदा खुशी ब्यक्त गरेका छन्। रोमानियाका लागि अवैतानिक बाणिज्यदूत समेत रहेका पोखरेलले प्रतिष्ठानले अन्तर्राष्ट्रिय टोपी दिवस जस्तै केही बर्ष यता नेपाली नयाँ बर्षमा झण्डा दिवस पनि मनाउन लागेको छ र यस अवसरमा हामीले पत्रकारहरुलाई समेत हौसला दिएका हौ भन्नुभयो।

नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित व्यक्तित्वहरु स्वतः यस प्रतिष्ठानको सदस्य रहने परम्परा रहेको बिज्ञप्तिमा उल्लेख छ। सम्मानित संचारकर्मीहरू मध्ये पुरू जोशीले दक्षिण कोरियालाई, बसन्त रानाभाटले स्पेन र बिजय थापाले अमेरिकालाई कर्मथलो बनाउदै आएका छन्।


स्पेनका प्रसाईको फोटो उत्कृष्ट –

यसै बीच स्पेन निबासी जीवन प्रसाईको झण्डा सहितको फोटो उत्कृष्ट बनेको छ। प्रतिष्ठानले अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसमा आयोजना गरेको फोटो प्रतियोगितामा प्रसाईको फोटो उत्कृष्ट बनेको हो। प्रसाईलाई पनि ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गरिने प्रतिष्ठानले जनाएको छ। प्रतियोगिताका लागि संसारभर छरिएर रहेका नेपालीहरुले लोकप्रिय भाईवर ग्रुप चौतारी र दौतरीमा नेपाली झण्डा सहितको फोटो पोष्ट गरेका थिए।

यसअघि ईटलीका दिनेश बाला श्रेष्ठ, बेल्जियमका दीपक न्यौपाने र फ्रान्सका निर्मल अर्याल ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मानित बनेका थिए।

यसपटक पनि मानार्थ उपाधिले सम्मानित चारै जनालाई प्रतिष्ठानको सदस्यता प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य