२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएन अमेरिकालाई अर्को झड्का

२०७६, १८ बैशाख बुधबार ०८:२५

विजय थापा, बैशाख १८, डिसी । स्थापना काल देखि नै विवादै विवादको भुमरीमा जकडिएको एनआरएन अमेरिकालाई अर्को झड्का लागेको छ । आगामी मे १८ र १९ मा तय भै सकेको एनआरईन एनसीसी युएसए को चुनावलाई स्थगित गर्न तथा निर्वाचन समितिका प्रमुख बिश्व बराललाई अयोग्य ठहर गर्न अदालतमा माग गर्दै मुद्धा दायर भएको छ । 

बाल्टिमोर निवासी तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको पूर्व उपाध्यक्ष रविना थापा तथा व्यवसायी तथा समाजसेवी नारायण थापाले अमेरिकाको टेनेसी राज्यमा मुद्धा दायर गरेका हुन् । 

एनआर एन अभियान तथा सामाजिक सेवामा अनुभव बटुलेकी रविना थापा सन् २०१७ -२०१९ को लागि अध्यक्षकि उम्मेदवार थिइन् ।  रबिना थापा तथा नारायण थापा पतिपत्नी हुन् भने यो मुद्धाको सुनुवाई मे १३ मा हुने छ ।

बिश्व बराल,भुवन गुरुङ,अन्जन श्रेष्ठ ,गौरी जोशी ,अध्यक्ष केशव पौडेल लगायत सन् २०१७ कि निर्वाचन समितिका प्रमुखलाई प्रतिवादी बनाईएको छ । अमेरिकाको टेनेसी को नक्स काउन्टी चान्सलरी कोर्ट मा गत अप्रिल २६ का दिन दायर गरि मुद्धा दायर संख्या १९६०८१-३ रहेको छ । उक्त मुद्धा थापा दम्पतिका तर्फ बाट ग्रेगरी ब्राउन र रथ एसम्यानले मुद्धा दर्ता गरेका हुन् । 

एनआरएन को चुनाव रोक्नु पर्ने ,एनआरएन अमेरिकाको साधारण सभा ३० दिन भित्र बोलाउन र नया निर्वाचन प्रमुख नियुक्त गरेर मात्र निर्वाचन गराउन आदेश दिन समेत न्यायालयमा अनुरोध गरेका छन् । 

संस्थाका महा सचिव बिआरलामाले सम्पूर्ण सदस्यहरुलाई बिधुतिय डाक द्वारा जानकारी गराएका थिए । उक्त मुद्धा को बिबरण ५० पृष्ठ को रहेको छ । एनआरएन अमेरिकालाई स्थापना काल देखि नै मुद्धा खेप्दै आई रहेको छ ।

विवाद र झगडामा अल्झिएको कारण बिश्व कै सर्वाधिक भएको एनआरएन अमेरिकालाई अस्ट्रेलियाले सदस्य संख्यामा उछिनेको छ । अब बिश्व कै सबै भन्दा ठुलो राष्ट्रिय समन्वय समिति अस्ट्रेलिया भएको छ । 

आसन्न निर्वाचन को लागि उम्मेदारहरुका बहस ,उम्मेद्वारहरु व्यापक प्रचार प्रसारमा लागि रहेको अवस्थामा निर्वाचन स्थगन गरियोस भनि न्यायालयमा मुद्धा दायर भएकोले अन्यौलको स्थिति छाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश