२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओली हा लोङ खाडी भ्रमणमा

२७ बैशाख २०७६, शुक्रबार १०:१०

वैशाख २७, भियतनाम ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँको हा लोङ खाडी भ्रमण गर्नुभएको छ ।  प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो खाडी क्वाङ निन्ह प्रान्तको आकर्षक भ्रमण गन्तव्य मानिन्छ । हा लोङको अर्थ ओर्लिरहेको ड्रयागन हो । 

एक हजार पाँच सय वर्गकिमीमा फैलिएको सो खाडी एक हजार छ सय सानाठूला चूनढुङ्गाका द्वीपमा छरिएको छ ।  सन् १९९४ मा युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत यो खाडीमा विविध जैविकता रहेको छ ।  खाडीका कुवा, भान, बा हाङ, कोङ ताउ र भोङ भिएङ गाउँमा एक हजार छ सय जनसङ्ख्या छ जो माछा र सामुद्रिक जीवहरुमा निर्भर छन् ।  

प्रधानमन्त्री ओली भियतनामका प्रधानमन्त्री न्युग्यन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी हाल भियतनाम भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सांसद, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी, स्थानीय तहका निर्वाचित प्रतिनिधि, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मी हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य