2026-09-08 07:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

वर्षमा ५१२ किशोरीलाई बेचिनबाट घर फर्काइयो

साउन १३, कपिलबस्तु | मानव बेचबिखनविरुद्ध कपिलवस्तुमा विभिन्न सङ्घसंस्थाले सीमा क्षेत्रमा निगरानी गर्दै आए पनि बेचबिखनको घटनामा भने अझै  कमी आएको छैन । सङ्घसंस्थाका तथ्याङ्कलाई नियाँल्दा दिनप्रतिदिन बेचबिखनका घटना बढ्दै गएको पाइएको हो ।

मानव बेचबिखनविरुद्ध जिल्लाको कृष्णनगरमा शान्ति पुनस्र्थापना गृह (पिआरसी) र आफन्त नेपालले सीमामा निगरानी गर्दै आएका छन् । ती संस्थाको विगत तीन वर्षको प्रतिवेदन हेर्दा मान बेचबिखनका घटना वृद्धि भइरहेको पाइएको हो ।

आव २०७३-७४ मा २३५ किशोरीको उद्धार गरेका ती संस्थाले आव २०७४-७५ मा २७९ किशोरीलाई भारत जाने क्रममा घर फर्काएका थिए  तर आर्थिक वर्ष २०७५-७६ को तथ्याङ्कमा ती वर्षको गत वर्षभन्दा दोब्बर ५१२ किशोरीलाई ती संस्थाले बेचिनबाट जोगाएका हुन् । दुवै संस्थाले गत वर्ष आठ हजार २४७ किशोरीलाई मानव बेचबिखनबारे परामर्शसमेत दिनाका साथै शान्ति पुनस्र्थापना गृहले १० किशोरीलाई भारतबाट नेपाल फर्काएको थियो । 

उक्त गृहले गत वर्ष २५५ किशोरीलाई उद्धार गरेकामा १२५ लाई अभिभावक बोलाई जिम्मा लगाएको र १२८ किशोरीलाई भने प्रहरीको जिम्मामा परिवारसँग पुनर्मिलन गराएको उक्त संस्थाका संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार दुई किशोरीलाई अन्य संस्थाको जिम्मा लगाइएको थियो । पिआरसीले गत वर्ष चार हजार १३८ जनालाई परामर्श दिएको जनाएको छ । बेचबिखनमा परेकामध्ये पाँच युवतीले बेचबिखन तथा ओसारपसारविरुद्ध प्रहरीमा मुद्दा दायर गरेका थिए । 

यता मानव बेचबिखनविरुद्ध एक दशकदेखि सीमा निगरानी गर्दै आएको आफन्त नेपालले गत वर्ष २५७ किशोरीलाई बेचिनबाट जोगाएको थियो । जिल्ला संयोजक केसर विश्वकर्माका अनुसार १२१ किशोरीलाई परिवारसँग पुनर्मिलन गराइएको थियो भने १२२ किशोरीलाई प्रहरीको जिम्मा लगाई सोधपुछपछि घर फर्काइएको थियो । उद्धार गरिएका किशोरीमध्ये १४ जनालाई चितवनस्थित सुरक्षित आवासगृह पठाइएको थियो । उक्त संस्थाले उद्धार गरेका दुई किशोरीले विचौलियाविरुद्ध मुद्दा दायर गरेको संयोजक विश्वकर्माको भनाइ थियो । उक्त संस्थाले आव २०७५÷७६ मा चार हजार १०९ लाई सीमा निगरानीका क्रममा बेचबिखनविरुद्ध परामर्श दिएको थियो । 

अभिभावकको सल्लाहबिना वैदेशिक रोजगारी वा विवाहको नाटक देखाई गैरकानूनी रुपमा किशोरीहरुलाई विचौलियाले भारत तथा तेस्रो मुलुक छिराउने गरेको ती संस्थाको प्रतिवेदनमा उल्लेख छ । 

जिल्लाको कृष्णनगर क्षेत्रमा कार्यरत संस्थाहरु सीमा नाका, लिङ्कगेट र यात्रुगेटमा बिहानदेखि बेलुकासम्म निगरानीमा सक्रिय हुँदै आएका छन् । मानव बेचबिखनका घटनामा न्यूनीकरण ल्याउन इलाका कृष्णनगरस्थित प्रहरी कार्यालय, लिङ्कगेटस्थित अस्थायी प्रहरी चौकी र सशस्त्र प्रहरीको ती संस्थालाई सहयोग पु¥याउँदै आएका छन् |

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग