२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए मतपरिणाम: नयाँ कार्यसमितिमा कोको भए निर्वाचित, कति पाए मत ?

१ कार्तिक २०७६, शुक्रबार ०८:५४

कात्तिक १, काठमाडौँ | गैरआवसीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि नयाँ नेतृत्व निर्वाचित भएका छन् । पटक-पटकको बिबाद हुँदै सम्पन्न निर्वाचनको मतपरिणाम शुक्रबार विहान मात्र आएको हो । 

अध्यक्षमा कुमार पन्त

सार्वजनिक मतपरिणाम अनुसार एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । उनले अर्का प्रत्यासी कूल आचार्यलाई १४७ मतको अन्तरले पराजित गरेका हुन् । पन्तले एक हजार २१७ मत पाएका थिए भने आचार्यले एक हजार ७० मत पाएका थिए ।


पाँच उपाध्यक्षमा मिश्रित परिणाम

एनआरएनएको पाँच उपाध्यक्ष पदमा भने दुवै पक्षको मिश्रित परिणाम आएको छ । खुलातर्फ पन्त समूहका बद्री केसीले एक हजार १६३, अर्जुनकुमार श्रेष्ठले एक हजार २७, सोनाम लामाले ८९८ र आचार्य समूहका मन केसीले ९६१ मत पाएर विजयी भएका छन् ।


महिला उपाध्यक्षमा रविना थापा

महिला उपाध्यक्षमा भने आचार्य समूहका रविना थापा एक हजार २२१ मतका साथ विजयी भएकी छन् । उनकि अर्की प्रतिस्पर्धी पन्त समूहकी सपिला राजभण्डारीले ८६३ मत प्राप्त गरेकी थिइन् ।

महासचिवमा डा. शर्मा 

एनआरएनएको महासचिव पदमा डा. हेमराज शर्माले एक हजार १३९ मत पाएर बिजयी भएका छन् ।


दुई सचिव पदमा जोशी र शर्मा बिजयी

त्यस्तै दुई सचिव पदमा गौरीराज जोशीले ९१६ मत र आरके शर्माले ८६८ मत पाएर विजयी भएका छन् । सचिव पदमा ७ जनाको उम्मेद्वारी परेको थियो । 


कोषाध्यक्षमा महेसकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा लोकप्रसाद दहाल

कोषाध्यक्ष पदमा महेसकुमार श्रेष्ठले एक हजार ६५३ मत पाई विजयी भएका छन् । सहकोषाध्यक्ष पदका लागि लोकप्रसाद दहालले एक हजार १८४ मत प्राप्त गरेर विजयी भएका छन् ।


महिला संयोजकमा भोमादेवी लिम्बु, युवा संयोजकमा हिमाल गुरुङ 

महिला संयोजकमा भोमादेवी लिम्बुले ७०२ मत र युवा संयोजकमा हिमाल गुरुङले ७६८ मत पाएर विजयी भएका छन् । 

मध्यपूर्व र अफ्रिका क्षेत्रमा सबै निर्बिरोध निर्वाचित 

मध्यपूर्व र अफि्रका क्षेत्रका भने सबै निर्बिरोध निर्वाचित भएका छन् । मध्यपूर्व क्षेत्रको संयोजकमा प्रवीन गुरुङ, दुई उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल निर्बिरोध चयन भएका हुन् ।

महिला संयोजकमा सुमित्रादेवी पौडेर र युवो संयोजकमा राजु रेग्मी पनि निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

अफ्रिका क्षेत्रको संयोजकमा रोशन थापा र महिला संयोजकमा मनकला थापा निर्विरोध निर्वाचित भएका छन् ।

यसिया प्रशान्त क्षेत्रको संयोजकमा श्रेष्ठ 

एनआरएनएको यसिया प्रशान्त क्षेत्रको संयोजकमा गोविन्द श्रेष्ठ २१७ मत पाएर विजयी भएका छन् । अन्य २ जना उम्मेदवार भने पराजित भएका छन् । त्यस्तै दुई क्षेत्रीय उपसंयोजकमा खगेन्द्र न्यौपानेले १९८ र पारसमणि पोखरेलले १९५ मत पाएर विजयी भएका छन् । 


त्यस्तै महिला संयोजकमा अमृता थापा र युवा संयोजकमा दीपकप्रसाद कंडेल निर्बिरोध निर्वाचित भएका छन् ।


अमेरिकाज् क्षेत्रको संयोजकमा राजन त्रिपाठी 

एनआरएनएको अमेरिकाज् क्षेत्रको संयोजकमा राजन त्रिपाठी १५४ मत सहित विजयी भएका छन् । जसको उपसंयोजकमा राम सी पोखरेलले १५० मत पाएर विजयी भएका छन् । जसको महिला संयोजकमा उमा कार्की थापाले १४४ मत पाएर विजयी भइन् भने युवा संयोजकमा विमला सापकोटा निर्बिरोध निर्वाचित भइन् ।


ओेसेनिया क्षेत्रको संयोजकमा पाण्डे 

ओसेनिया क्षेत्रको संयोजकमा होमनाथ पाण्डेले १०५ मत पाएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी दिनेशराज जोशीले १०२ मत प्राप्त गरेका थिए । उपसंयोजकमा नवीन कंडेल (१०७) विजयी भएका छन् । उनका प्रतिस्पर्धी हरि राम्जालीले १०० मत ल्याए ।

त्यस्तै महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजकुमार थपलिया भने निर्बिरोध चयन भएका छन् ।

युरोप क्षेत्रको संयोजकमा आचार्य

युरोप क्षेत्रको संयोजकमा नारायणप्रसाद आचार्यले २७४ मत पाएर विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य