२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

लकडाउन खुल्यो, बोलबम मेला खुलेन

११ श्रावण २०७७, आईतवार ०८:४८

साउन ११, चितवन। कोरोना भाइरसको सङ्क्रमणका कारण गरिएको लकडाउन खुले पनि साउन महिनाको हरेक सोमबार देवघाटमा लाग्ने बोलबम मेला भने सञ्चालन नगरिने भएको छ । भिडभाड हुँदा रोगको सङ्क्रमण बढ्नसक्ने भएकाले साउन महिना भरको मेला स्थगन गरिएको हो । 

देवघाट क्षेत्र विकास समितिले पहिलो सोमबार लकडाउन भएकाले मेला स्थगन गरेको थियो । समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार लकडाउन खुले पनि कोरोनाको सङ्क्रमण नरोकिएकाले मेला स्थगन गरिएको हो । मेलामा छिमेकी देश भारत र देशभरबाट नै भक्तजन आउने गर्दछन् । अघिल्ला वर्ष साउन महिनाका सोमबारमा पाँच लाख हाराहारी भक्तजन आउने गरेका उहाँले जानकारी दिनुभयो । 

अध्यक्ष पौडेलले भन्नुभयो, “हामीले स्थानीय प्रशासनसँग छलफल गरेर उहाँहरुको सुझावअनुसार नै बोलबम मेला स्थगन गरेका हौँ ।” कोरोनाको सङ्क्रमण घटेमा अबको ठूलो मेला हरिबोधिनी एकादशी र सतबिज छर्ने मेला मात्र हुने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “सञ्चारमाध्यममार्फत हामी सबैलाई दुःखका साथ मेला भर्न नआउन अनुरोध गर्न बाध्य छौँ ।” पछिल्ला वर्षमा बोलबम मेला भर्न आउनेको सङ्ख्या बढ्दै गएको थियो । कतिपय खाली खुट्टामा देवघाटसम्म मेला भर्न आउने गरेका उहाँले जानकारी दिनुभयो । पवित्र तीर्थस्थल देवघाट चितवन, तनहुँ र नवलपरासी जिल्लाको सङ्गमस्थलमा पर्दछ । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो