२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

जङ्गली जनावरले बालीनाली सखाप

२०७७, २१ श्रावण बुधबार ०४:३०

साउन २१,  बैतडी । जङ्गली जनावरले किसानको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका सबैजसो क्षेत्रमा दिनमा बाँदर, रातिको समयमा दुम्सी र जङ्गली बँदेलले नष्ट गर्न थालेको हो । मकैबाली जङ्गली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको दोगडाकेदार–३ श्रीकोटका प्रेमसिंह विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “जङ्गली जनावर धपाउनकै लागि जाग्राम बस्नुपरेको छ ।”

 सुर्नया गाउँपालिकाका पनि विभिन्न क्षेत्रमा लगाएको मकैबाली जङ्गली जनावरले खान थालेको छ । गाउँपालिका–७ को मालमपुर, सिजालगायतका क्षेत्रमा बँदेलले हैरान बनाएको स्थानीय दीपेन्द्र कुँवरले बताउनुभयो । फौजी किरा र फेदकटुवा किराले अन्नबाली नष्ट गरेको तथा बँदेल जङ्गली जनावरले समेत अन्नबाली खाइदिँदा किसान भोकमरी हुने भन्दै चिन्तामा परेका छन् । विभिन्न रोग किराबाट बचाएर पसाउन लागेको मकैबाली जङ्गली जनावरले नष्ट पार्ने गरेको स्थानीय गजबहादुर गोयलाले बताउनुभयो ।

मकैबाली जोगाउन धौधौ

बैतडीका किसानलाई मकैबाली जोगाउन धौधौ परेको छ । प्रत्येक वर्षजस्तै यस वर्ष पनि जङ्गली बँदेल, दुम्सीलगायतका जनावरले मकैबाली सखाप पारेको किसान बताउँछन् । जिल्लाको सबैजसो स्थानीय तहमा जङ्गली बँदेलले मकैबाली नष्ट गर्ने गरेको किसानले बताएका छन् । जङ्गली बँदेलले खेतमा लगाएको मकैबाली पूरै नष्ट गरेको दशरथचन्द नगरपालिका–१ का किसान वीरबहादुर टेरले बताउनुभयो । 

मकैबाली जोगाउन रातभर पहरा दिए पनि जङ्गली बँदेलले मकैबाली नष्ट गर्ने गरेको सुर्नया–६ का केशवदत्त अवस्थीले बताउनुभयो । प्रत्येक वर्ष बालीनालीमा क्षति हुँदै आएको भए पनि क्षतिपूर्ति पाउन नसकेको किसानले बताएका छन् । स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन सकेका छैनन् । किसानले बर्सेनि बालीनालीमा क्षति व्यहोर्दासमेत सरकारले केही राहत नदिएको किसानले गुनासो गरेका छन् । स्थानीय सरकारले किसानका समस्या समाधान गर्न नसकेको किसान टेरले बताउनुभयो । बैतडीमा १४ हजार ५०० हेक्टर जमिनमा मकैखेती गरिँदै आएको छ ।

किसानलाई बाँदर धपाउने यन्त्र वितरण

बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिकाका विभिन्न वडाका किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरेको छ । बाँदरले वर्षौँदेखि बालीनाली नष्ट गरिरहेका किसानको सजिलोका लागि बाँदर धपाउने यन्त्र वितरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । नगरपालिकाको वडा नं ५ मा २५ यन्त्र वितरण गरिएका छन् । प्रत्येक टोलका किसानलाई पायक पर्ने गरेर यन्त्र वितरण गरिएको हो ।

नगरपालिकाले स्याङ्जाको जयलक्ष्मी आँधीखोला कन्स्ट्रक्शन प्रालिबाट १०० थान बाँदर धपाउने यन्त्र खरिद गरेको हो । नगरपालिकाका बाँदर प्रभावित अन्य वडाका किसानलाई यन्त्र वितरण गरिने उपप्रमुख चन्दले जानकारी दिनुभयो । बाँदर धपाउने यन्त्रमा एक प्रकारको रसायन राखिने र त्यसलाई चलाउँदै जाँदा मेशिनले ठूलो आवाज निकाल्ने भएकाले बाँदर भाग्ने बताइएको छ । यन्त्र वितरण गरिएका किसानलाई यन्त्र चलाउन पनि सिकाइएको छ । नगरपालिकाले बाँदर नियन्त्रण गर्ने योजनाअन्तर्गत रु तीन लाखको लागतमा यन्त्र किनेको जनाइएको छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी