2026-09-08 10:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

मेलम्ची शिखरपुरका १५ घर जोखिममा

साउन २३, सिन्धुपाल्चोक । अविरल वर्षाले मेलम्ची नगरपालिका–१० शिखरपुरका १५ घर जोखिममा परेका छन् । स्थानीय राजु दाहाल, भेषलाल दाहाल, सन्तोष दाहाल, पुण्यप्रसाद दाहाल, पम्फा दाहाल, तुलाराम दाहाल, लिलानाथ दाहालको सहित १५ घरधुरी अविरल वर्षाका कारण उच्च जोखिममा परेको हो ।

 स्थानीय सोही ठाउँमै जोखिम मोलेर बसेको स्थानीय राजु दाहालले जानकारी दिनुभयो । उहाँले बस्ती नै उच्च जोखिममा परे पनि स्थानीय तहले कुनै चासो नदिएको भन्दै आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नगरपालिकासँग सम्पर्क गरेर टेन्ट, पालजस्ता तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउन सकिने बताउनुभयो ।

पहिराले गोठ पुरेपछि  दुहुनो भैँसी सहयोग 

अविरल वर्षाका कारण गए राति आएको पहिराले दुई माउ भैँसीसहित गोरु पुरेपछि पीडितका आफन्तले नै सहयोग जुटाई दुई माउ भैँसी किनेर सहयोग गरेका छन् ।  

यही साउन १८ गतेको वर्षाका कारण मेलम्ची नगरपालिका वडा नं १० काफ्लेखोला निवासी दीर्घबहादुर कार्कीको पहिराले गोठ पुरी गोठ र सम्पूर्ण भैंसी क्षति भएकाले २० जनाले रु पाँच हजारदेखि ३०  हजारसम्म सहयोग सङ्कलन गरी रु दुई  लाख ६५ हजारमा दुई माउ दुुहुनो भैँसी नै खरीद गरी पीडित किसानको गोठमै लगेर बाँधिदिएको सहयोगी प्रकाश अधिकारीले जानकारी दिनुभयो । रासस 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग