2026-09-08 09:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

चोरीका काठ बरामद, दुई पक्राउ

भदौ १०, महोत्तरी । डिभिजन वन कार्यालय महोत्तरीले खोजी अभियानअन्तर्गत ५८ दशमलव १४ घन (क्यूविक) फिट चोरीका काठ बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ ।

बर्दिवास नगरपालिका–१ स्थित दर्ता नभएको एक फर्निचर उद्योग र बर्दिवास–३ गौरीडाँडास्थित ग्रिल उद्योगका नाउँमा सञ्चालन गरिएको कारखानाबाट सो परिमाणको साखुका चिरान काठ मङ्गलबार बरामद गरिएको डिभिजन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो । 

बर्दिवास–१ मा गोपाल फर्निचरको साइनबोर्ड राखिएको फर्निचर उद्योगमा खानतलासी गर्दा ४८ थान कडी, सातवटा झ्याल र पाँचवटा ढोकाका तयार चौखट (पल्ला)सहित २७ दशमलव १३ घनफिट साखुका चिरान गरिएका काठसहित दुई जनालाई पक्राउ गरिएको छ । फर्निचरका सञ्चालक सोमबहादुर बलम्पाकी र कामदार भीमबहादुर पूर्वछाने पक्राउ परेको डिभिजन प्रमुख साहले जानकारी दिनुभयो ।

त्यसैगरी बर्दिवास–३ गौरीडाँडामा बिपी राजमार्गको छेउमै ग्रिल उद्योगको बोर्ड राखेर सञ्चालित कारखानाबाट ३४ थान कडी, १४ थान झ्याल र चार थान ढोकाका चौखटसहित ३१ दशमलव एक घनफिट साखुकै चिरान काठ बरामद गरिएको छ । कारखाना सञ्चालक रामजी रम्तेल र मीनबहादुर भुजेल भाग्न सफल भएका हुँदा पक्राउ गर्न नसकिएको कार्यालयले जनाएको छ । दुवै ठाउँबाट काठ चिरान गर्न प्रयोग गरिने दुई थान आरा, बसिला र रन्दासहित साना–ठूला गरी ९४ थान चिरान काठ बरामद गरिएको डिभिजन प्रमुख साहले जानकारी दिनुभयो ।

बन्दाबन्दीको अवस्थामा वनक्षेत्रबाट चोरी कटान गरी साखुका काठको कारोवार भइरहेको सुराकीका आधारमा दुवै ठाउँमा कार्यालयले मङ्गलबार दिउँसो खानतलासी गरेको थियो । बरामद काठसहित पक्राउ परेकाविरुद्ध कानूनी कारवाही थालिने कार्यालयले जनाएको छ ।

नयाँ आर्थिक वर्ष २०७७/७८ शुरु भएयता यसरी अवैधरूपमा सञ्चालन हुँदै आएका फर्निचर उद्योगबाट २०० घनफिट साखुका चिरान काठ कार्यालयले बरामद गरिसकेको छ । त्यसअघि गत चैतदेखि असारसम्मको लकडाउन अवधिभित्रै ३०० घनफिट चोरी कटान गरिएका काठ बरामद गरिएको थियो । कोभिड–१९ सङ्क्रमणको सन्त्रास छल्न जारी गरिएको विगतको लकडाउन र अहिलेको निषेधाज्ञाभित्र वन क्षेत्रमा हुने चोरी कटान रोक्न कार्यालयले सघन गस्ती बढाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग