2026-10-25 10:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

चोरीका काठ बरामद, दुई पक्राउ

भदौ १०, महोत्तरी । डिभिजन वन कार्यालय महोत्तरीले खोजी अभियानअन्तर्गत ५८ दशमलव १४ घन (क्यूविक) फिट चोरीका काठ बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ ।

बर्दिवास नगरपालिका–१ स्थित दर्ता नभएको एक फर्निचर उद्योग र बर्दिवास–३ गौरीडाँडास्थित ग्रिल उद्योगका नाउँमा सञ्चालन गरिएको कारखानाबाट सो परिमाणको साखुका चिरान काठ मङ्गलबार बरामद गरिएको डिभिजन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो । 

बर्दिवास–१ मा गोपाल फर्निचरको साइनबोर्ड राखिएको फर्निचर उद्योगमा खानतलासी गर्दा ४८ थान कडी, सातवटा झ्याल र पाँचवटा ढोकाका तयार चौखट (पल्ला)सहित २७ दशमलव १३ घनफिट साखुका चिरान गरिएका काठसहित दुई जनालाई पक्राउ गरिएको छ । फर्निचरका सञ्चालक सोमबहादुर बलम्पाकी र कामदार भीमबहादुर पूर्वछाने पक्राउ परेको डिभिजन प्रमुख साहले जानकारी दिनुभयो ।

त्यसैगरी बर्दिवास–३ गौरीडाँडामा बिपी राजमार्गको छेउमै ग्रिल उद्योगको बोर्ड राखेर सञ्चालित कारखानाबाट ३४ थान कडी, १४ थान झ्याल र चार थान ढोकाका चौखटसहित ३१ दशमलव एक घनफिट साखुकै चिरान काठ बरामद गरिएको छ । कारखाना सञ्चालक रामजी रम्तेल र मीनबहादुर भुजेल भाग्न सफल भएका हुँदा पक्राउ गर्न नसकिएको कार्यालयले जनाएको छ । दुवै ठाउँबाट काठ चिरान गर्न प्रयोग गरिने दुई थान आरा, बसिला र रन्दासहित साना–ठूला गरी ९४ थान चिरान काठ बरामद गरिएको डिभिजन प्रमुख साहले जानकारी दिनुभयो ।

बन्दाबन्दीको अवस्थामा वनक्षेत्रबाट चोरी कटान गरी साखुका काठको कारोवार भइरहेको सुराकीका आधारमा दुवै ठाउँमा कार्यालयले मङ्गलबार दिउँसो खानतलासी गरेको थियो । बरामद काठसहित पक्राउ परेकाविरुद्ध कानूनी कारवाही थालिने कार्यालयले जनाएको छ ।

नयाँ आर्थिक वर्ष २०७७/७८ शुरु भएयता यसरी अवैधरूपमा सञ्चालन हुँदै आएका फर्निचर उद्योगबाट २०० घनफिट साखुका चिरान काठ कार्यालयले बरामद गरिसकेको छ । त्यसअघि गत चैतदेखि असारसम्मको लकडाउन अवधिभित्रै ३०० घनफिट चोरी कटान गरिएका काठ बरामद गरिएको थियो । कोभिड–१९ सङ्क्रमणको सन्त्रास छल्न जारी गरिएको विगतको लकडाउन र अहिलेको निषेधाज्ञाभित्र वन क्षेत्रमा हुने चोरी कटान रोक्न कार्यालयले सघन गस्ती बढाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने