2026-09-18 09:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

जङ्गली हात्ती छेक्न झापामा झट्का मेसिनको प्रयोग

असोज १४, झापा । भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले साविकको सदरमुकाम चन्द्रगढी क्षेत्रका बासिन्दालाई जङ्गली हात्तीको क्षतिबाट जोगाउन स्थानीय निचाझोडा जङ्गलको वरिपरि छ किलोमिटरसम्म विद्युतीय तारले घेराबेरा गरेर झट्का मेसिन प्रयोग गरेको हो ।

भारतको गुजरातबाट खरिद गरेर ल्याइएको झट्का मेसिनले मुख्य प्रसारण लाइनबाट प्राप्त हुने विद्युत्को ‘एसी’ प्रवाहलाई ‘डिसी’मा परिवर्तन गरिदिन्छ । त्यही ‘डिसी’ विद्युत् तारको घेराबेरामार्फत प्रवाह गरी हात्तीलाई गाउँतिर पस्न रोक्ने गरिएको छ ।

सामुदायिक वनका अध्यक्ष हिरा पोखरेलका अनुसार हात्ती रोक्न यसअघि कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्र र लहानमा झट्का मेसिनको प्रयोग गरिँदै आएको छ । कुनैकुनै बेला घेराबेराको खम्बा कुल्चिएर र नाघेर हात्ती गाउँ पस्नेबाहेक जङ्गली हात्तीको दिनहुँ भोग्नुपर्ने आतङ्कबाट स्थानीयवासीले अब मुक्ति पाएका छन् । झट्का प्रविधि प्रयोगका लागि सामुदायिक वनलाई प्रदेश नं १ सरकारले रु १४ लाख र सङ्घीय सांसद सुरेन्द्र कार्कीको पूर्वाधार विकास बजेटबाट रु २० लाख प्राप्त भएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

झट्का मेसिनले पाँच भोल्टभन्दा कम शक्तिको ‘डिसी’ विद्युत् प्रवाह गरिदिने भएको हुँदा यसले हात्ती, मानिस र अन्य जनावरलाई तर्साउने गरी झट्का मात्र दिने गर्छ । यसको करेन्ट लागेर मानिस र हात्तीको मृत्यु हुँदैन । हाल हात्ती नियन्त्रण गर्ने झट्का परियोजनाको आधा काम मात्र सम्पन्न भएको छ । बाँकी काम धमाधम भइरहेको छ । असोजभित्र शतप्रतिशत काम सक्ने लक्ष्य रहेको वन समितिका अध्यक्ष पोखरेलले बताउनुभयो ।

झापाको स्थानीय जङ्गलमा १० देखि १३ वटासम्म रैथाने जङ्गली हात्ती बाह्रै महिना बस्दै आएका छन् । जङ्गलबाट बाहिर निस्किएर ती हात्तीले मानिसलाई आक्रमण गर्ने, लगाइएको अन्नबाली खाइदिने र जनमानसमा त्रास सिर्जना गर्ने उपद्रो गर्दै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई