श्रावण २२, दुबौलिया (नवलपरासी) Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
श्रावण २२, दुबौलिया (नवलपरासी)
2026-06-28 07:37 AM
नवलपुर - NWL

बाल क्लबले रोजेको सामाग्री पाए

श्रावण २२, दुबौलिया (नवलपरासी) | नवलपरासीको बडहरा दुबौलिया गाविसमा रहेका सामुदायिक तथा विद्यालय अन्तर्गतका बाल क्लबहरुले आज खेलकुद तथा शैक्षिक सामाग्रि प्राप्त गरको छन् । 

गाविसमा गठित गाविस स्तरीय बाल क्लब सक्रिय बाल सञ्जालले गरेको पुर्व निर्णय अनुसार आज गाविस सचिव टंकनाथ ज्ञवालीको प्रमुअ आतिथ्य तथा सञ्जालका अध्यक्ष प्रदिप ठाकुरको अध्यक्षतामा आज बाल भेला गरि खेलकुद तथा शैक्षिक सामागि वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गाविस सचिव टंकनाथ ज्ञवालीले बाल बालिकाहरुले हरेक क्रियाकलाप बालमैत्रि तरिकाले गर्नु पर्ने र बाल क्लबमा आबद्ध हुदा बालबालिकाहरुले पढाईलाई पनि त्यत्तिकै ध्यान दिनुपर्नेमा जोड दिनु भएको थियो । सचिव ज्ञवालीले बाल बालिकाको १५ प्रतिशत रकम बाल बालिकाको निर्णय अनुसार बालमैत्रि तरिकाले खर्च हुदै आएको बताउदै बालिकाहरुले हरेक क्रियाकलाप बालमैत्रि तरिकाले गर्नु पर्ने र बाल क्लबमा आबद्ध हुदा बालबालिकाहरुले पढाईलाई पनि त्यत्तिकै ध्यान दिनुपर्नेमा जोड दिनु भएको थियो । सिमावर्ति क्षेत्र रहेको उक्त गाविसमा सामुदायिक र विद्यालय स्तरका बाल क्बल गरि बडहरा ११ वटा बाल क्लबहरु रहेका छन् ।

बाल क्लबले रोजेको अनुसार क्यारम बोर्ड, चेस, स्कीपिङ्ग डोरी, भलिबल, नेट, फुटवल, सामान्य ज्ञान तथा बाल क्लब सम्बन्धि शैक्षिक सामाग्रि वितरण गरिएको गाविस सचिव ज्ञवालीले जानकारी दिनुभयो । सो गाविसमा वि.सं २०६७ साल देखि बाल सञ्जाल गठन गरि बाल क्लबहरुले नेतृत्व विकास तथा विभिन्न चेतना मुलक कार्यक्रम गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी