पुस २२, पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार साँझबाट सुरु भएको आगलागी मध्यरातमा नियन्त्रणमा आएको छ । उक्त आगलागीमा तीन  घर र छ वटा पसल जलेर नष्ट हुँदा रु एक करोड ९० लाख बराबरको क्षति भएको छ । गएरात"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २२, पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार साँझबाट सुरु भएको आगलागी मध्यरातमा नियन्त्रणमा आएको छ । उक्त आगलागीमा तीन  घर र छ वटा पसल जलेर नष्ट हुँदा रु एक करोड ९० लाख बराबरको क्षति भएको छ । गएरात"/>
2026-10-02 11:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

बरभञ्ज्याङ आगलागी नियन्त्रणमा, एक करोड ९० लाख बराबरको क्षति

पुस २२, पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार साँझबाट सुरु भएको आगलागी मध्यरातमा नियन्त्रणमा आएको छ । उक्त आगलागीमा तीन  घर र छ वटा पसल जलेर नष्ट हुँदा रु एक करोड ९० लाख बराबरको क्षति भएको छ । गएराति १०:४० बजे बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बा लिम्बूका घरमा ‘विद्युत् चुहावट’ भई घरबाट आगलागी सुरु भएको थियो । आगलागीमा उहाँको दुई तले घर, दुग्ध डेरी, किराना पसल र नगद रु सात लाख तथा सोही घरमा रहेको नेपाली कांग्रेस फालेलुङ–६ को वडा कार्यालय जल्दा रु ५७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै उक्त आगलागी छिमेकी रामजीत राई र मनबहादुर राईको घरमासमेत सल्केको थियो । आगलागीमा रामजीत राईको दुई तले घर र घरमा रहेका करिब रु ३५ लाख मूल्यका सम्पूर्ण सामग्री तथा उक्त घरमा डेरा गरी पसल गर्ने धर्म केरुङको किराना पसल र टेलर्स आगलागीमा जल्दा करिब रु पाँच लाख मूल्यको क्षति भएको छ ।

यस्तै मनबहादुर राईको दुई तले घर, उक्त घरमा स्थानीयवासी मेहेन्द्र राईले सञ्चालन गर्दै आएको आइएमइई मनि ट्रान्सफर शाखा कार्यालय, मेहेन्द्रकै जुत्ता पसल तथा नगद र गरगहना जलेका छन् । सोही घरमा स्थानीयवासी धनप्रसाद राईले सञ्चालन गरेको किराना पसल र कम्प्युटर सेन्टर, सुरेन्द्र राईले सञ्चालन गरेको फेन्सी पसल र अलैँची गोदाम तथा रञ्जना राईको टेलर्समा आगलागी हुँदा रु ९३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

आगलागी नियन्त्रणका लागि प्रहरीको सिदिन, प्राङबुङ र नाङगीन प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालित हुनुका साथै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक डम्बर विश्वकर्माको कमाण्डमा २५ जना तथा सशस्त्र प्रहरी बल २ नं हेडक्वाटर हिमशिगर गुल्म फिदिमबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र साउदको कमाण्डमा १४ जनाको टोली आगलागी नियन्त्रणका लागि घटनास्थल पुगेको थियो । 

फिदिमबाट गएका दुई वटा दमकलको सहायताले स्थानीयवासी र सुरक्षाकर्मीले मध्यरात १ बजे आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । आगलागीमा घरबार गुमाएका छिमेकीको शरणमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने