२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

बैतडीमा खोप कार्डविना सरकारी सेवा लिन नपाइने

२०७८, ३० पुष शुक्रबार ०६:५३

पुस ३०, बैतडी | भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्धको  खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ ।  

गृहमन्त्रालयको निर्देशनअनुसार आगामी माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य खोपको पूर्ण मात्रा लगाएको खोप कार्ड अनिवार्य साथमा राख्नुपर्ने व्यवस्था गरिएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमणको जोखिम कम गर्न र खोपमा सबैको पहुँच पु¥याउन खोप कार्ड अनिवार्य गरिएको हो ।” कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले हरेक स्थानीय तहमा आइसोलेसन कक्षको व्यवस्थापन गर्नसमेत आग्रह गरिएको छ । 

सदरमुकाममा जिल्लास्तरीय आइसोलेसन निर्माणका लागि दशरथचन्द नगरपालिकालाई आग्रह गरिएको छ । घर बाहिर वा सार्वजनिकस्थलमा जाँदा, सार्वजनिक यातायातका साधन प्रयोग गर्दा मास्कको प्रयोग अनिवार्य गर्न, भौतिक दूरी कायमलगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ । 

यस्तै कोरोनाको जोखिम कम गर्नका लागि २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको छ । सामाजिक दुरी कायम गर्न पनि आग्रह गरिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्ने जिल्ला अस्पतालका प्रमुख डा वशन्तराज जोशीले बताउनुभयो । 

यसैबीच नयाँ भेरियन्ट फैलनसक्ने भन्दै भारतसितको सीमानाका झुलाघाटमा हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिने सबै नागरिकको अनिवार्यरुपमा कोरोना परीक्षण गरिँदैछ । झुलाघाट नाकाबाट फर्किने नागरिकको एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गर्न थालिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणबाट १९ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से