३० कार्तिक २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

पाथीभरा क्षेत्रमा हिमपात

७ माघ २०७८, शुक्रबार ०५:३८

माघ ७, फुङ्लिङ । ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित  प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा  हिमपात भएको हो । 

हिमपातले बाटो छोपिएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चार जना तीर्थ यात्रीसँगै लिएर जाँदैछु । हिमपात हुन रोकिएको छैन । हिउँले बाटो पूरै छोपिएको छ । बाटो अनुमान गर्दै जानु पर्नेछ ।” पाथीभरामा जानुभन्दा पनि फर्किन समस्या हुने गरेको उहाँले बताउनुभयो । मन्दिर पुगेर फर्किने समयमा बाटो ओरालो पर्दछ ओरालो बाटोमा हिउँमा चिप्लिने समस्या हुने गरेको उहाँले बताउनुभयो । पाथीभरा क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात हुन सुरु भएको हो । सोदिन ६० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको क्षेत्र विकास समितिले जनाएको छ ।

समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ याङमा तीन हजार ४०० मिटर उचाइ क्षेत्रका बस्तीमा बिहीबारदेखि हिमपात हुन थालेको छ । हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित भएको घुन्साका स्थानीय केल्साङ शेर्पाले बताउनुभयो । हिमपातले जनजीवन प्रभावित हुनुका साथै पशुचौपायसमेत प्रभावित हुने घुन्साका स्थानीय टासी तेन्जीले शेर्पाले जानकारीदिनुभयो । 

हिमाली क्षेत्रका प्रमुख पुख्र्यौली पेसाका रुपमा पशुपालन गर्दै आएको छ । तर हिमपातको समय पशु जोगाउने मुस्किल पर्ने शेर्पाले बताउनुभयो । सबैभन्दा याक चौँरीको बाछाबाछीलाई हिमपातको समयमा जोगाउने समस्या हुने उहाँले बताउनुभयो । यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित ओलाङ्चुगोला, भले र ग्याप्ला बस्तीमा पनि निकै बाक्लो हिमपात भएको छ । 

मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला र पापुङ बस्तीमा समेत हिमपात भएको मिक्वाखोला गाउँपालिका–६ का वडाध्यक्ष डन्डु शेर्पाले बताउनुभयो । हिमपात भएसँगै  सदरमुकाम फुङ्लिङ बजारमा चिसो बढेको छ । अध्यधिक जाडोले जनजीवन प्रभावितन भएको छ । जिल्लामा पहिलो पटक गतपुस १३ र १४ गते हिमपात भएको थियो । दोस्रो पटक पुस २९मा हिमापात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ? पशुपति क्षेत्रमा बालाचतुर्दशीको तयारी सुरु कांग्रेस कावा सभापति खड्काद्वारा एकताबद्ध भएर धैर्यता राख्न आग्रह धरानमा अर्थोडोन्टिकसम्बन्धी १६औँ अन्तरराष्ट्रिय सम्मेलन शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै मुलुकलाई सङ्कटबाट उकास्न एमाले सक्षम छः महासचिव पोखरेल एनपिएलको तयारी पूरा गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा अमेरिका–स्विट्जरल्यान्ड व्यापार सम्बन्ध सुदृढ, शुल्क दर घटाइयो लडेर बालिकाको मृत्यु भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोटः ९ को मृत्यु, ३१ घाइते राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ सञ्चारमन्त्री खरेल भन्नुहुन्छ : ‘निर्वाचनको वातावरण बनिसकेको छ’ विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक पक्राउ सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार भ्रामक सम्पादन प्रकरणमा बिबिसीको ट्रम्पसमक्ष माफी, क्षतिपूर्ति दाबी अस्वीकार