2026-10-02 09:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

महिना दिन नपुग्दै साउदीबाट रित्तो हात फर्काइए चार कामदार

 चैत्र २६, खोटाङ | रोजगारीका सिलसिलामा साउदी अरब पुगेको महिना दिन नपुग्दै चार जना कामदार स्वदेश फर्काइएका छन् । ओमेगा मेनपावर कम्पनी, बसुन्धारा, काठमाडौंबाट बेकरी हेल्परका रुपमा साउदी अरबको इमाद बेकरी उद्योगमा पुगेका खोटाङ जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका चिरञ्जिवी राईसहित चार युवा महिना दिन नपुग्दै फर्काइएका हुन् ।

महिना दिन नपुग्दै घर फर्काइएकामा एक जना उदपयुरका, एक जना, सिन्धुली, एक जना धरान र एक जना पश्चिमका युवा छन् । पैसा कमाउने सपना बोकेर ऋण काढेर साउदीअरब पुगे लगत्तै रित्तो हात फर्कनुपर्दा युवा निराश बनेका छन् । 

ती युवाहरुले मेनपावरलाई जनही एक लाख २० हजारदेखि एक लाख ७० हजारसम्म बुझाएर साउदी अरब पुगेका थिए । राईले एक लाख ५० हजार बुझाएको बताएका छन् । सुरुमा बेकरी उद्योगभित्र हेल्परको काम लगाइएका कामदारलाई क्रमशः आउटडोर काममा लगाएर कामबाट निकालेको हो । कम्पनीले बिनाकारण टिकट काटेर घर फर्काएको राईले बताए । ‘बेकरी हेल्परका रुपमा गएका थियौं ।

‘त्यसपछि ढोका पुछ्ने, त्यसपछि शौचालय सफा गर्ने काममा लगाए । एक दिन रुम जा भन्यो,’ राईले भने, ‘भोलिपल्ट काममा जाँदा टिकट थमाएर घर जा भन्यो । के कारणले हामीलाई घर फर्कायो भन्ने थाहै भएन ।’ 

मेनपावरसँग कुरा राख्दा रित्तो हात फर्काइएका युवालाई टिकट, श्रम गरेको र भिसाको पैसा कटाएर ९० हजार फिर्ता दिने वा फ्रिमा मलेसिया पठाउने भनेर फकाइरहेको बताइएको छ । रोजगारीका सिलसिलामा उनीहरु ११ फागुनमा साउदी अरब पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने