१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीको क्रममा फौजदारी अभियोग लागेका ५ श्रमिकको कानुनी प्रतिरक्षा गर्न बोर्डले पठायो रकम

१९ श्रावण २०७९, बिहीबार ०८:३१

साउन १९, काठमाडौं | वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीको क्रममा फौजदारी अभियोग लागेका ५ नेपालीको कानुनी प्रतिरक्षाका लागि रकम पठाएको छ ।

गएको आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको क्रममा फौजदारी अभियाग लागेका ५ जना नेपाली श्रमिकको कानुनी प्रतिरक्षाका लागि १८ लाख २० हजार ६३० रुपैयाँ पठाइएको बोर्डले जनाएको छ । 


मलेसियामा फौजदारी अभियोग लागेका ३ जनालाई मलेसियामा रहेको नेपाली दूतावासको सिफारिसका आधारमा ८ लाख ९० हजार ६३० रुपैयाँ पठाएको छ । यस्तै यूएईमा २ जना श्रमिकको कानुनी प्रतिरक्षाका लागि दूतावासकै सिफारिसको आधारमा ९ लाख ३० हजार रुपैयाँ परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित दूतावासमा पठाइएको हो । 

श्रम स्वीकृति लिएका गएका श्रमिक वैदेशिक रोजगारीको क्रममा श्रम अवधि भित्रै फौजदारी अभियोग लागेर जेल परेमा दूतावासको सिफारिसको आधारमा बोर्डले बढीमा १५ लाख रुपैयाँसम्म कानुनी प्रतिरक्षाका लागि रकम पठाउँछ । 

वैदेशिक रोजगारीमा गएका नेपालीको कानुनी प्रतिरक्षा सम्बन्धी निर्देशिका २०७५ कार्यान्वयनमा रहेको छ । निर्देशिका अनुसार फौजदारी कसूर भन्नाले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई रोजगारदाता देशको कानुन अनुसार मृत्युदण्डको सजाय वा कैद सजाय वा दुई लाख रुपैयाँभन्दा बढी जरिवाना हुन सक्ने कसूर हो ।

श्रमिकलाई वैदेशिक रोजगारीको सिलसिलामा कुनै फौजदारी कसूरको अभियोग लागेमा श्रमिकको तर्फबाट कानुनी प्रतिरक्षाका लागि बहस पैरवी गर्नका लागि वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत रकम पाउने व्यवस्था निर्देशिकाले गरेको छ ।

तर करार अवधि सकिएपछि फौजदारी अभियोग लागेमा यस्तो कानुनी प्रतिरक्षाको सुविधा सरकारबाट श्रमिकले पाउँदैनन् । यसका साथै कानुनी प्रतिरक्षाका लागि कुनै व्यक्ति, संस्था वा निकायले सहयोग गरेको भए पनि यो सुविधा नपाउने कुरा निर्देशिकामा उल्लेख छ । 

फौजदारी कसूरको अभियोग लागेका श्रमिक वा उनीहरूको परिवारले कानुनी प्रतिरक्षा तथा बहस पैरवीको व्यवस्था गरिदिन माग गर्दै सम्बन्धित देशमा भए दूतावासमा वा नेपालमा हो भने वैदेशिक रोजगार बोर्डको सचिवालयमा निवेदन दिन सकिन्छ ।

यसरी निवेदन दिँदा सम्बन्धी श्रमिकको राहदानीको कपी, श्रम स्वीकृतिको निस्साको कपी, नागरिकताको कपी,  परिवारले निवेदन दिने हो भने नाता प्रमाणितको कागज आवश्यक पर्छ ।

यस्तै गन्तव्य देशमा श्रमिकलाई फौजदारी कसूरको अभियोग लागेको प्रमाणको कपीका साथै श्रमिक वा परिवारले आफ्नो खर्चमा कानुनी प्रतिरक्षा गर्न नसक्ने आधार र कारण खुल्ने कागज पनि पेस गर्नपर्छ ।

तर फौजदारी अभियोग लागेका श्रमिक वा परिवारले आवेदन दिन सक्ने अवस्था नभएमा र यसबारेमा विदेशमा रहेको नेपाली दूतावास जानकार भएमा दूतावासले नै पनि कानुनी प्रतिरक्षा तथा बहस पैरवीको कारबाही अघि बढाउन सक्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण