Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
February 12, 2023 प्रवास

दक्षिण कोरियाली उच्च अधिकारी आज नेपाल आउँदै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ २९, काठमाडौँ |</b> दक्षिण कोरियाका राष्ट्रपति युन सक यलका राजनीतिक सल्लाहाकार जाङ सङ मिन आज नेपाल आउँदैछन्।&nbsp;<br></p><p>जाङ दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा वरिष्ठ सचिव हुन्। उनी कोरियाली राष्ट्रपति युनको विश्वास पात्रका रुपमा काम गर्दै आएका छन्। जाङ विदेश मामिलाको नीति बनाउन कोरियाली राष्ट्रपतिलाई सहयोग गर्दै आएका छन्। आइतबार अपरान्ह जाङसहितको कोरियाली प्रतिनिधि मण्डल काठमाडौं आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।&nbsp;</p><p>नेपाल बसाईका क्रममा जाङले प्रधानमन्त्री पुष्पमकल दाहाल‘प्रचण्ड’, परराष्ट्र मन्त्री विमला पौड्याल, उद्योगमन्त्री दामोदर भण्डारीलगायतसँग भेट गर्ने कार्यक्रम छ। उनको राजनीतिक भेटघाट भोलि (सोमबार) दिनभर हुनेछ। जाङ नेतृत्वको टोली मंगलबार बंगलादेश प्रस्थान गर्ने परराष्ट्रका एक अधिकारीले जानकारी दिए।&nbsp;</p>