2026-09-08 02:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

फागुन २५ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान हुने

फागुन १०, काठमाडौँ | काठमाडौँ–पोखरा रुटमा अब रात्रिकालीन उडान हुने भएको छ । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन । जनवरी १ बाट सञ्चालनमा आएको यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, श्री, गुण लगायतका वायुसेवाले आन्तरिक उडान गर्दै आएका छन् । आन्तरिक उडान तर्फ बिहानदेखि सुरु भएपनि दिउँसो ४ बजे विमानस्थल बन्द गर्नुपर्ने अवस्थाको रात्रिकालीन उडानसँग अन्त्य हुने पोखरा विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीले बताइन् ।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार पोखरा—काठमाडौं रात्रिकालीन उडान फागुन २५ सुरु हुन्छ । ‘विमानस्थलले म्याचुरिटी पिरियड पार गरेसँगै वुद्धले मार्च ९ गतेबाट रात्रिकालीन उडान गर्छ,’ प्रवक्ता कर्णले भने, ‘काठमाडौंबाट पोखरा गएर ४ वटा बुद्धको विमान बास बस्छन् ।’ बुद्धले बेलुका ८ बजेसम्म उडान गर्ने कर्णले बताए । ‘अहिले दिउँसो ४ बजेसम्म उडान गरेको छ । अब काठमाडौं—पोखरा बेलुका ८ बजेसम्म गर्छौं,’ उनले भने । 

रात्रिकालीन उडान सुरु भएपछि डिले भएका उडान सहज हुने विमानस्थल प्रवक्ता जशोदा रेग्मीले बताइन् । ‘रात्रिकालीन उडान सुरु भए डिले भएका उडान पनि नियमित हुन्छ,’ प्रवक्ता रेग्मीले भनिन्, ‘नयाँ विमानस्थलको सुविधा पनि उपयोग रात्रिकालीन उडानसँगै हुन्छ ।’ 

यसअघि नागरिक उड्डयन प्राधिकरणले फेब्रुअरी २३ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको थियो । सोही दिनबाट रात्रिकालीन उडान हुने प्राधिकरणले जनाए पनि अहिलेसम्म तालिका सार्वजनिक हुन सकेको थिएन तर, केही समय ढिला गरी रात्रिकालीन उडानको तालिका बुद्ध एयरलाइन्सले सार्वजनिक गरेको हो । 

रात्रिकालीन  र अन्तर्राष्ट्रिय उडान दुवैको तयारी भइसकेको विमानस्थल प्रमुख विक्रम गौतमले बताए । ‘फेब्रुअरी म्याचुरिटी पिरियडका लागि मात्र कुरेका हौं । यो पनि पूरा भइसक्यो । विमानस्थललाई चाहिने इकुपमेन्ट र डकुमेन्ट र स्रोतहरू पूरा भइसके,’ उनले भने । पोखरा विमानस्थल इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) भोलि फेब्रुअरी २३ बाट लागू हुन्छ । योसँग रात्रिकालीन र अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलको म्याचुरिटी पिरियड पुग्छ । फ्लाइट प्रमाणित नेपाल नागरिक उड्डयन प्राधिकरणले चोक जाँच गरेर रात्रिकालीन उडान गर्न अनुमति दिएको हो । प्राधिकरणले बुद्धलाई अनुमति दिइसकेको बुद्ध एयरलायसन्का प्रवक्ता कर्णले बताए । 

अन्तर्राष्ट्रिय विमानस्थल नजिकै माघ १ गते यति एयरलाइन्सको विमान दुर्घटनापछि उडान हुने÷नहुने अन्योलताका बीच बुद्धको तालिका सार्वजनिक भएसँगै पोखराका पर्यटन व्यवसायीहरु खुसी देखिएका छन् । उनीहरुले रात्रिकालीन उडान भएसँगै पर्यटनको आगमन पनि बढ्ने अविलाषा गरेका हुन् । यता, विमानस्थल प्रमुख गौतमले सबै विमानस्थल राम्रो बनेको तर, प्रमोशन नभएको बताए । उनले विमानस्थलबाट छिट्टै अन्तर्राष्ट्रिय उडान पनि हुने विश्वास गरे । भारतबाट उडानको अनुमति आए बुद्धले तीन उडान गर्ने जनाएको छ । 

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानतर्फ बुद्ध एयरले भारतका तीन गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको हो । पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न कोरियन एयर, बीज एयर, हिमालय, नेपाल वायुसेवा निगम लगायतको चासो देखाएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम