पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>चैत १, काठमाडौं । </b>सरकारले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एक रुपता कायम गर्ने निर्णय गरेको छ । <br></p><p>मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एक रुपता कायम गर्ने निर्णय गरेको जानकारी दिएकी हुन् । </p>

