३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक, आज १३ मध्ये ११ उपसमूहको शेयर मूल्य घट्यो

१६ चैत्र २०७९, बिहीबार १०:३२

चैत १६, काठमाडौँ | धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय आठ दशमवल ५५ अङ्कमा समेटिएको छ । 

सेन्सेटिभ इन्डेक्स एक दशमवल ६६ अङ्कले घटेर तीन सय ५९ दशमवल ४८ बिन्दुमा पुगेको छ । आज कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य घटेको छ भने दुई उपसमूहको शेयर मूल्य बढेको छ । 

बैंकिङ उपसमूह शून्य दशमलव ४२, विकास बैंक शून्य दशमलव ४४, वित्त शून्य दशमलव ९९, जलविद्युत् शून्य दशमलव ८०, लगानी शून्य दशमलव ५७, जीवन बीमा शून्य दशमलव ३६, उत्पादन शून्य दशमवल ७९, लघुवित्त शून्य दशमलव ९४, निर्जीवन बीमा शून्य दशमलव ०१, अन्य एक दशमलव ११ र व्यापार उपसमूह शून्य दशमवल २२ अङ्कले गिरावट आएको छ । होटल तथा पर्यटन शून्य दशमलव ५० र सामूहिक लागनी कोष शून्य दशमलव ४२ अङ्कले बढेको छ । 

आज विभिन्न कम्पनीका २७ लाख ५० हजार छ सय ५५ कित्ता शेयर रु ८९ करोड ९५ लाख ३२ हजार एक सय ३९ मा खरिदबिक्री भएका छन् । आज सुपरमाइ हाइड्रोपावरको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ । यस्तै सिटिजन म्युचुअल फण्ड ६ दशमवल ८१, कालिञ्चोक दर्शन लिमिटेड ६ दशमलव ०८, आरएसडिसी लघुवित्त वित्तीय संस्था २ दशमलव ५७ र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्य दुई दशमलव ४१ प्रतिशतले बढेको छ । 

नेप्सेका अनुसार आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य छ दशमलव ०७, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ८६, ग्लोबल आइएमई ब्यालेन्स फण्ड –१ तीन दशमलव ८२, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था तीन दशमलव ७१ र विशाल बजार कम्पनीको शेयर मूल्य तीन दशमलव ६४ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको रु पाँच करोड ५८ हजार, हिमालयन डिष्टिलरीको रु तीन करोड १२ लाख ३६ हजार, जीवन विकास लघुवित्त वित्तीय संस्थाको रु दुई करोड १४ लाख १२ हजार, एनआइसी एसिया बैंकको रु दुई करोड १३ लाख ५७ हजार र नविल बैंकको रु दुई करोड चार लाख ५३ हजार बराबरको शेयर कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै