चैत १९, काठमाडौँ | साताको पहिलो दिन आइतबार सुनको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन शुक्रबार मात्रै प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थिायो ।
आज तेजाबी सुन घटेर प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँ कायम भएको छ ।