३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ब्याजदरको विषयमा अर्थमन्त्रीको चासो : ‘घटाउन सकिन्छ ?’

२० चैत्र २०७९, सोमबार ०९:३३

चैत २०, काठमाडौँ | बैंकको ब्याजदरको विषयमा अर्थमन्त्री डा.प्रकाश शरण महतले चासो देखाएका छन् । उच्च ब्याजदरका कारण बजारमा तरलता प्रवाह कम भई उद्योग व्यापार तथा व्यवसाय सञ्चालनमा समस्या भएको भन्ने व्यवसायीको गुनासो बढेपछि अर्थमन्त्री डा.महतले सोमबार बैंकर्ससँग छलफल गरेका हुन् । 

नेपाल बैंकर्स संघ (एनबीए) का पदाधिकारीहरूसँग छलफल गरेका अर्थमन्त्री डा.महतले ब्याजदर घटाउन सकिन्छ कि सकिँदैन भनेर चासो राखेका छन् । 

‘उच्च ब्याजदरका कारण उत्पादनमा जान व्यापार व्यवसाय गर्न गाह्रो भयो भन्ने व्यवसायीको गुनासो छ । बजारमा तरलताको प्रवाह नै हुन सकेन भन्ने गुनासो छ । वास्तविकता के हो तपाईँहरू नै बढी जानकार हुनुहुन्छ । अहिलेको ब्याजदरमा केही कम गर्न सकिने ठाउँ छ ?’ जिज्ञासा राख्दै अर्थमन्त्री डा.महतले भने । यदि ब्याजदर घटाउने ठाउँ भए बिचार गर्न बैंकर्ससँग आग्रह गरे ।

सोही अवसरमा अर्थमन्त्री डा. महतले शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन आफूले नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थासँग आवश्यक समन्वयन गरेर अगाडि बढ्ने समेत प्रतिबद्धता जाहेर गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ