२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

२०८०, ३ बैशाख आईतवार ११:००

बैशाख ३, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ३१ दशमलब ६८ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव २६ अङ्कले ओरालो लागेर तीन सय ६७ दशमलव ७३ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा बृद्धि हुँदा नौ उपसमूहको शेयर मूल्यमा भने बृद्धि भएको छ ।

कारोबार भएका ७० कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एक सय ३९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । कूल ३० लाख ५६ हजार सात सय ७५ कित्ता शेयर रु ९७ करोड ४५ लाख ९९ हजार ६१ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा रह््यो । सो कम्पनीको रु चीन करोड ८९ लाख चार हजार चार सय नौ मूल्य बराबरको शेयर खरिद बिक्री भए ।

एनआइसी  एशिया बैंक रु तीन करोड ६४ लाख ९८ हजार सात सय ५०, शिवम् सिमेन्ट रु तीन करोड १७ लाख २० हजार सात सय सात,हिमालयन डिस्टिलरी रु दुई करोड ७९ लाख ९४ हजार चार सय ५५ र सगरमाथा जलविद्युत् कम्पनी रु दुई करोड ७२ लाख ३३ हजार एक सय ६५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आर्दश लघुवित्त, मैलुङ हाइड्रोपावरको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले उकालो लाग्दा कालिञ्चोक दर्शन लिमिटेड नौ दशमलव ९८, तारागाउँ रिजेन्सी होटल सात दशमलव ४३ र धौलागिरी लघुवित्तको शेयर मूल्य पाँच दशमलब ६४ प्रतिशतले घटेको छ । 

त्यस्तै, एशियन हाइड्रोपावर सात दशमलव ८३, सगरमाथा जलविद्युत् कम्पनी छ दशमलव ७६, आरबीबी म्युचुअल फण्ड एक पाँच दशमलव १३, माहुली लघुवित्त चार दशमलव ५९ र गरिमा विकास लघुवित्तको शेयर मूल्य चार दशमलब ४२ प्रतिशतले घटेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ