२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेन्छियाम हाइड्रोपावरको शेयर बाँडफाँट

२०८०, १३ बैशाख बुधबार ०९:०८

बैशाख १३, काठमाडौँ | एनआईसी एशिया क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट गरेको छ  । कम्पनीले यही वैशाख ४ देखि ७ गतेसम्म सर्वधारणका लागि निष्काशन गरेका नौ लाख ९४ हजार एक सय १४ कित्ता साधारण शेयर आज बाँडफाँट गरेको हो ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्रअनुसार सर्वसाधारणलाई नौ लाख ९४ हजार एक सय १४ कित्ता साधारण शेयरका लागि आवेदन आह्वान गरेकामा ११ लाख ७४ हजार दुई सय २८ जना आवेदकबाट एक करोड २५ लाख ८१ हजार दुई सय ७० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो ।

कम्पनीले रीतपूर्वक प्राप्त आवेदनमध्येबाट गोलाप्रथाद्वारा १० कित्तादेखि एक हजार कित्ता शेयर आवेदन गर्ने ९४ हजार चार सय सात आवेदनकर्तालाई १० कित्ताका दरले र थप चार जनालाई ११ कित्ताका दरले बाँडफाट गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले जानकारी दिनुभयो । सो कम्पनीले यसअघि स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली र कम्पनीका कर्मचारीलाई शेयर बाँडफाँट गरिसकेको छ ।

सङ्खुवासभामा निर्माण भएको मेन्छियाम हाइड्रोपावरले (चार दशमलव ७२ मेगावाट) विद्युत् उत्पादन गरेको छ । सङ्खुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा निर्माण भएको उक्त हाइड्रोपावर रु एक अर्ब ३१ करोड लगानीमा निर्माण भएको हाइड्रोपावरका कार्यकारी निर्देशक सेवक पोखरेलले जानकारी दिनुभयो  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन