४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छोटो दूरीको आकर्षक केबलकार सञ्चालनसंगै मौलाकालिकामा बढ्यो पर्यटकको चहलपहल

१६ बैशाख २०८०, शनिबार ०६:०८

बैशाख १६, चितवन | चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्यूटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । नयाँवर्षसँगै यहाँ सञ्चालनमा आएको केबलकारले यहाँको पर्यटकीय गतिविधि बढाएको हो । 

मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्नसक्ने भएपछि मन्दिरको दर्शनमा जाने भक्तजनलाई सहज भएको छ । यसका साथै सहरको रमझम र प्राकृतिक दृश्यावलोकनमा रमाउन चाहनेका लागिसमेत मौलाकालिका एक उत्कृष्ट गन्तव्य भएको छ । 

यहाँबाट नवलपरासी, चितवन, तनहुँ, गोर्खाका अग्ला डाँडा, भञ्ज्याङ, भिरपाखा र हिमशृङ्खलाका साथै सुप्रसिद्ध तीर्थस्थल देवघाटधाम, चितवनको समथर भूमि, राष्ट्रिय निकुञ्जको जङ्गल तथा मौलाकालिकालाई दाहिने पारेर सलल बगेको नारायणी नदी अवलोकन गर्न सकिन्छ ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवन आउने पर्यटकका लागि मौलाकालिका पनि एक धार्मिक पर्यटकीय गन्तव्य बनेको यहाँका स्थानीय पर्यटन व्यवसायी बताउँछन् । स्वदेशी एवं विदेशी पर्यटक पुग्ने चितवनका पर्यटकीय गन्तव्यमा केबलकारको सञ्चालनसँगै अर्काे एक गन्तव्य पनि थपिएको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ । 

यहाँ जङ्गल सफारीका लागि आउने पर्यटकका लागि थप गन्तव्य बनेको क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यसले चितवनको पर्यटन प्रवद्र्धनका लागि निकै सहयोग पुग्ने हामीले ठानेका छौँ । हामीले यहाँ आउने पर्यटकलाई घुमाउने गन्तव्यमा अब मौलाकालिका पनि थपिएको छ । त्यसैले यहाँ आउने पर्यटकको बसाई लम्ब्याउन यसले थप सहयोग गर्छ भन्ने हाम्रो बुझाइ छ ।” केबलकार चढ्न आउने जङ्गल सफारी जाने र सफारी गर्न आउने केबलकार चढ्नसक्ने भएकाले चितवन आउने पर्यटकको बसाई लम्ब्याउन सहयोग पुग्ने उहाँको भनाइ छ । 

नारायणगढबाट नारायणी नदीको पुल पार गर्नेबित्तिकै दाँहिनेतर्फ दुई किलोमिटरमा मन्दिरको फेदीको प्रवेशद्वार पुगिन्छ । त्यहाँबाट केबलकारको पाँच मिनेटको यात्रामा मन्दिर नजिकै पुग्न सकिन्छ ।  

मौलाकाली सामुदायिक वन र मौलाकालिका धार्मिक वनभित्र रमणीय हरियाली वातावरण छ । केबलकारबाट पनि यो प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । मौलाकालिका मन्दिर पूर्वी नवलपुरको गैँडाकोटस्थित पूर्वपश्चिम राजमार्गको नारायणी–पुलबाट उत्तरतर्फ करिब चार किलोमिटर टाढा छ । समुद्र सतहदेखि पाँच सय ६१ मिटर उचाइमा पहाडी वनको धुरीमा मौलाकालिका मन्दिर अवस्थित छ ।

होटल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुकेले मौलाकालिकामा केबलरकार सञ्चालन हुँदै गर्दा नारायणगढ क्षेत्रका होटल व्यवसायमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा मौलाकालिका केबलकार सहयोगी बन्नेछ ।” 

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटा केबलकार सञ्चालनमा आएसँगै पहिले हिँडेरै जानुपर्ने अवस्था नरहेको र यसका कारण भक्तजनको सङ्ख्या बढेको बताउनुहुन्छ । केबलकार सञ्चालनमा आएपछि यहाँ २० प्रतिशतभन्दा बढी भक्तजन थपिएको र यो सङ्ख्या बढ्दै जाने देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका वर्षमा यस शक्तिपीठमा वर्षमा कम्तीमा तीन लाख ५० हजार भक्तजन जाने गरेकामा अब सबैका लागि सहज भएकाले यो सङ्ख्या बढ्ने अनुमान हामीले गरेका छौँ ।” 

ऐतिहासिक महत्वको यस मन्दिर चार सय ५० वर्ष पहिला सेन राज्यका पालामा निर्माण भएको जानकारी उहाँले दिनुभयो । उहाँले भन्नुभयो, “डाँडाको टुप्पामा एउटा सानो मन्दिर थियो, कहिलेकाहीँ स्थानीय आदिवासी पूजाअर्चना गर्थे । सोह्रौँ शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनले देवी कलिकाको नाममा ‘प्रतीक’ को प्रतीकात्मक प्रस्तुतिस्थल सिर्जना गरेपछि पर्वत (मौला पहाड) को नाम राखिएको किंवदन्ती छ ।”

हिन्दू पौराणिक कथाअनुसार देवी काली वा कलिका माईलाई ऊर्जा, शक्ति र नयाँ कार्यको सुरुआतको प्रतीक मानेर पूजा गर्ने गरिएको मन्दिरको प्रशासनिक एवं व्यवस्थापकीय एक सदस्य छवि खनाल बताउनुहुन्छ । उहाँले मन्दिरलाई स्थानीयस्तरमा धेरै पटक पुनःस्थापित गरिएको भन्दै थप आगन्तुक समायोजन गर्न आधार क्षेत्र विस्तार गरिएको बताउनुभयो । मन्दिर व्यवस्थापन समितिले पछिल्ला वर्षमा यहाँ बलि दिने प्रथामा रोक लगाएको छ । यहाँ बलिको साटो नरिवल, फलफूल चढाउने संस्कार बढ्दै गएको छ । भगवतीको दर्शन गरी उहाँको चरणमा परेर गरेको भाकलबाट मनोकाङ्क्षा पूरा हुने विश्वास छ । 

विसं १९९० सम्म त्यहाँ ठूलो सालको रुख थियो भन्ने कथन रहेको छ । रुख वरिपरि ढुङ्गाको पर्खाल थियो । खिया लागेर भष्म भइसकेका खुँद आकारका फलामका हतियार थिए । धमिराले खाएको काठको मौलो र कालिका भगवतीको शिलारपत्थर थिए । आज पनि भक्तजनले तिनको पूजा गर्दै आएका छन् । मौलाकालिका मन्दिरमा हरेक वर्ष नेपाल र छिमेकी मुलुक भारतबाट धार्मिक आस्था राख्ने हजारौँ भक्तजन पूजा गर्न आउने गरेका छन् । 

नेपालका पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्या भण्डारी, पूर्वराजा, पूर्वमन्त्रीहरु, भारतका प्रसिद्ध योगगुरु राम देवले मन्दिरमा पूजाअर्चना तथा भ्रमण गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले विसं २०७३ वैशाख ८ गते मन्दिरमा पूजा अर्चनाका साथै मन्दिरको आवासीय सुविधाको उद्घाटन गर्नुभएको थियो ।

विसं २०३८ देखि संस्थागत पूजाअर्चनाका साथै जनसहभागितामा विकास निर्माण कार्य गरिँदै आएको र विसं २०५३ मा प्यागोडा शैलीमा ठूलो मन्दिर निर्माण भएपछि धार्मिक तथा अन्य पर्यटकको सङ्ख्या उल्लेखनीयरुपमा बढेको छ ।  

स्थानीय बासिन्दा र निजी क्षेत्रको साझेदारीको नमूना परियोजनाका रुपमा छोटो समयमै यहाँ केबलकार निर्माण सम्पन्न भएको छ । “यहाँ केबुलकार सञ्चालनमा आएपछि गैँडाकोट र नवलपुरलाई मात्रै नभई छिमेकी जिल्लालाई समेत हरेक तरिकाबाट फाइदा पुग्ने स्थानीयको भनाइ छ । यो आयोजनाबाट पर्यटन, कृषि, व्यवसाय, होटल रेस्टुराँ, रोजगारी सिर्जनासहित धेरै तरिकाले स्थानीयलाई फाइदा पुग्ने यहाँका जनप्रतिनिधिहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी मलाई अदालतले न्याय दिनेछ: रवि लामिछाने रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी