४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्ग: बजार क्षेत्रको मुआब्जा अवरोध हट्यो

१९ बैशाख २०८०, मंगलवार १६:१८

वैशाख १९, त्रिशूली (रासस) । ‘गल्छी–रसुवागढी’ सडक योजनाअन्तर्गत विस्तार भइरहेको सडकको मुख्य अवरोधको रुपमा रहेको नुवाकोटको विदुरस्थित बजार क्षेत्रको मुआब्जा समस्या समाधान भएको छ । 

मुआब्जा माग गर्दै सर्वोच्च अदालत पुगेका स्थानीय जग्गाधनीलाई ‘मुआब्जा दिनु नपर्ने’ भनेर आदालतको फैसलाको पूर्ण पाठ आएसँगै लामो समयदेखि सडक विस्तारमा भइरहेको अबरोध हटेको हो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ अन्तर्राष्ट्रिय राजमार्गको विदुर नगरपालिका–५ पिपलटारदेखि विदुर–१ ढुङ्गेसम्मको करीब आठ किलोमिटर सडकको विस्तारमा ‘जग्गाको मुआब्जा दिनु नपर्ने तर, घर–टहराको क्षतिपूर्ति दिनु’ भनेर फैसलाको पूर्णपाठ आएको योजना प्रमुख धुव्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार जग्गाधनीको तर्फबाट विभिन्न तीन समूहले मुआब्जा माग्दै दायर गरेको रिटमाथि विसंं २०७९ पुस २८ मा भएको फैसलाको अहिले प्राप्त पूर्णपाठले चार वर्षदेखिको अवरोध हटेर सडक विस्तार गर्न बाटो खुला भएको हो ।

फैसलाको पूर्णपाठअनुसार जग्गाधनीले मुआब्जा माग गरेको विदुर–५ पिपलटारदेखि विदुर–१ ढुङ्गेसम्मको सडक विसं २०२१ फागुन ११ मा पासाङल्यामु राजमार्ग कायम भएको र विसं २०३४ असार २० मा प्रकाशित सूचना अनुसार ‘सहायक राजमार्ग’ कायम भएको उल्लेख छ । 

उक्त सडकको दायाँबायाँ १५–१५ मिटर पहुँच क्षेत्रको सोही समयमा मुआब्जाको लागि सूचना आह्वान गरेकाले अहिले अन्तर्राष्ट्रिय राजमार्ग विस्तारको क्रममा मुआब्जा दिनु नपर्ने अदालतको फैसलामा भनिएको छ तर, नेपाल सरकारले ‘गल्छी–रसुवागढी’ सडक विस्तारको लागि सूचना जारी (२०७२ फागुन ३) गर्नुअघि बनेका सबै किसिमका घरटहरा हटाउँदा त्यसको भने क्षतिपूर्ति उपलब्ध गराउन प्रभावित जग्गाधनीको मागअनुसार योजनाको कार्यालयलाई अदालतले दिएको उत्प्रेषण परमादेशको पूर्णपाठमा उल्लेख छ ।

लक्ष्यभन्दा ढिलो काम

धादिङको गल्छीबाट सुरु भएर नुवाकोटको त्रिशूली, रसुवाको बेत्रावती, मैलुङ, स्याफ्रुबेँसी हुँदै चीनसँगको सीमा रसुवागढीसम्मको ८२ किमी सडक अन्तर्राष्ट्रिय राजमार्गको रुपमा विसं २०७२ मङ्सिर १७ को मन्त्रिपरिषद्को निर्णयले विस्तार थालिएको हो । पच्चीस महिनाभित्र काम सम्पन्न गर्ने जिम्मेवारीअनुसार गल्छी–मैलुङसम्मको ४६ किमी सडकको ठेक्का विसं २०७३ मङ्सिरमा दिए पनि विविध समस्याले काम पूरा हुन अझै थप केही वर्ष लाग्ने देखिएको छ । 

गल्छी–मैलुङसम्मको सडक विस्तारको लागि मुख्य अवरोध रहेको विदुरको बजार क्षेत्रमा काम गर्न अब बाटो खुला भएसँगै नयाँ लक्ष्य लिएर सडक विस्तारलाई तीव्र बनाइने योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर रामबिहारी चौधरीले जानकारी दिनुभयो । उहाँको अनुसार अब नुवाकोटको बट्टार बजारस्थित राममन्दिरदेखि गङ्गटेसम्मको पाँच किमी सडक चारलेनको अन्तराष्ट्रिय मापदण्डअनुसार निर्माण सुरु हुनेछ । अन्य स्थानमा भने ‘डेडिकेटेड’ दुई लेनमा निर्माण तथा विस्तार भइरहेको छ ।

धादिङको गल्छीबाट सुरु भएर चीनसम्मको सीमा रसुवागढीसम्म पुग्ने ८२ किमी सडकको विस्तार निर्माण व्यवसायी, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा अघि बढाइएको हो ।

सडक विस्तार तीन खण्डमा विभाजन 

गल्छीबाट मैलुङसम्म ४६ किमी सडक कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनमार्फत भइरहेको छ । उक्त पहिलो खण्डको काम ८० प्रतिशत सम्पन्न भएको छ । दोस्रो खण्ड रसुवाको मैलुङदेखि स्याफ्रुबेँसीसम्म १८ किमि सडक नेपाली सेनामार्फत ट्रयाक खोलेपछि अहिले भारत कन्स्ट्रक्सन÷सिद्धिसाई जेभीमार्फत निर्माण भइरहेको छ । 

उक्त खण्डमा लक्ष्यभन्दा निकै सुस्त गतिमा काम भइरहेकाले हालको प्रगति २० प्रतिशत मात्रै देखिन्छ । तेश्रो खण्ड रसुवाको स्याफ्रुबेँसीबाट रसुवागढीसम्मको १८ किमी सडक चीन सरकारमार्फत निर्माण गर्ने समझदारी भए पनि काम सुरु हुन अझै बाँकी छ । 

रु १५ अर्ब ५० करोड बजेट विनियोजन

अन्तर्राष्ट्रिय एशियाली मापदण्डको हैसियतमा ‘डेडिकेटेड डबल लेन’ अर्थात स्पष्ट दुईतर्फी गाडी चलाउन सकिने गरेर सडक विस्तारको लागि पूर्वाधारतर्फ रु नौ अर्ब ५० करोड र मुआब्जा तथा क्षतिपूर्तितर्फ रु छ अर्बसमेत गरेर कूल रु १५ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । लक्ष्यभन्दा निकै ढिलो गरेर काम भएकाले विविध कारणले यो बजेटको आकार थपघट तथा परिवर्तन गर्नुपर्ने योजना प्रमुख धुव्रकुमार श्रेष्ठको भनाइ छ । 

त्रिदेशीय राजमार्गको सबैभन्दा छोटो दूरी 

उक्त सडकको निर्माण सम्पन्नपश्चात् चीनसँगको सीमा रसुवागढीदेखि त्रिशूलीबाट गल्छीहुँदै काठमाडौँको दूरी एकसय २८ किमी र रसुवागढीबाट गल्छी हुँदै भारतीय सीमा पर्साको ठोरी पुग्न दुईसय ७८ किमी पर्दछ । नेपाललाई अन्तर्राष्ट्रिय नाकासम्म पुग्न मात्र नभई त्रिदेशीय मार्गको सबैभन्दा छोटो दूरीको रुपमा रहेको छ । यसलाई सरकारले वैकल्पिक अन्तर्राष्ट्रिय मार्गका रुपमा ‘विशेष निर्णय’ गरेर प्राथमिकताका साथ र राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको छ । 

उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डितको अनुसार सडक निर्माणले त्रिदेशीय नाकाको रुपमा नेपाललाई व्यापारमा विविधीकरण र चीनसँगको इन्धन आयातमात्र नभई भारतसँगको निर्भरता कम गराई सिङ्गो मुलुकको आर्थिक विकासका लागि सामरिक महत्वका रुपमा लाभ लिन सकिन्छ ।

“गल्छी–रसुवागढी सडक निर्माणले रसुवा, नुवाकोट र धादिङसहित सिङ्गो मुलुकले आर्थिक क्षेत्रको सुधारमा महत्वपूर्ण योगदान पुग्दछ ।” अध्यक्ष पण्डितले भन्नुभयो, “चीन सरकारले रसुवागढीसँगको केरुङ नाकालाई ‘अन्तर्राष्ट्रिय नाका’ घोषणा गर्दै केरुङ बजारसम्म रेलसमेत विस्तार गरिसकेकाले यसको लाभ नेपालले लिनको लागि यो सडक समयमा नै निर्माण सम्पन्न हुनुपर्छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी मलाई अदालतले न्याय दिनेछ: रवि लामिछाने रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी