३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

२१ बैशाख २०८०, बिहीबार १०:१५

बैशाख २१, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलब ७३ मा पुगेको छ । 

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव शून्य सात अङ्कले बढेर तीन सय ५७ दशमलव ९१ अङ्कमा पुगेको छ । नेप्सेका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । 

विभिन्न कम्पनीका २५ लाख ३३ हजार सात सय १४ कित्ता शेयर रु ७३ करोड २६ लाख ८९ हजार आठ सय ११ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा नबिल बैंकको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो बैंकको संस्थापक शेयर रु चार करोड ५० लाख मूल्यमा खरिद बिक्री भए । शिवम् सिमेन्ट रु दुई करोड २१ लाख ५५ हजार,नबिल बैंक रु एक करोड ९६ लाख १२ हजार आठ सय ५०,हिमाल दोलखा हाइड्रोपावर रु एक करोड ८४ लाख ४७ हजार चार सय ८७ र एभरेष्ट बैंक रु एक करोड ६५ लाख ७० हजार आठ सय ६६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । 

नेप्सेका अनुसार नबिल ग्रोथ फण्ड नौ दशमलव ८६, लक्षमी लघुवित्त नौ दशमलब १६,सयपत्री हाइड्रोपावर आठ दशमलव ३७, आत्मनिर्भर लघुवित्त आठ दशमलव २० र मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य सात दशमलव २० प्रतिशतले बढेको छ । 

यस्तै, एनएमबी ऋणपत्र पाँच दशमलव ८५, नेपाल एसबिआई बैंकको ऋणपत्र पाँच दशमलव ३८, इस्टर्न हाइड्रोपावर चार, बाराही हाइड्रोपावर तीन दशमलव शुन्य आठ र रुरु जलविद्युत् परियोजनाको शेयर मूल्य दुई दशमलव ७० प्रतिशतल घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही