२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोरखामा ग्रामीण सडकको अव्यवस्था

१० आश्विन २०७३, सोमबार ०७:०१

असोज १०, गोरखा । गोरखा सदरमुकामदेखि आरुघाट, भच्चेक, बारपाकलगायत विभिन्न ३२ ग्रामीण सडकमा विगत छ महिनादेखि यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । 

गत वैशाखदेखि ग्रामीण सडक अवरुद्ध भएका थिए । छिटो वर्षा भएकाले यसवर्ष ग्रामीण सडक विगतका वर्षको तुलनामा लामो समय अवरुद्ध हुँदा गाउँका जनता हिँड्न बाध्य छन् भने खाद्यान्न, निर्माण सामग्रीको ढुवानी ठप्पजस्तै भएको छ । 

मध्यपहाडी लोकमार्गको आरुघाटदेखि घ्याम्पेसाल खण्डमा हिलैहिलो छ । ट्र्याक्टर, फोरहुइल ट्रक तथा यात्रुबाहक बस सञ्ंचालन भएका छैनन् । 

सदरमुकामदेखि घ्याम्पेसालसम्मको बाटो पनि हिलोले गर्दा सवारी आवागमनमा समस्या हुँदै आएको छ । “गोरखा सदरमुकाम, बेनीघाट र धादिङका सडक हिलो हुँदा सामान ढुवानी गर्न पाएनौँ” आरुघाटका व्यापारी गणेश श्रेष्ठले गुनासो गर्नुभयो–“व्यापार चौपट भयो ।” आरुघाटबाट उत्तरी भेगका विभिन्न १३ गाविसमा दैनिक उपभोग्य सामग्रीहरु ढुवानी गरिन्थ्यो । पसलमा सामान नहुँदा बिक्री घटेको श्रेष्ठको भनाइ छ । 

गोरखा–आरुघाट सडक विगत पाँच वर्षअघि रु १४ करोड लगानी गरी ग्राभेल गरिएको थियो । ती सडक अहिले खाल्डैखाल्डामा रुपान्तरण भइसकेका छन् । यसवर्ष विगत वर्षको तुलनामा धेरै वर्षा हुँदा सडक क्षेत्रमा ठूलो पहिरो झरेको छ । 

त्यस्तै सदरमुकाम, काठमाडौँबाट छुटेका सवारी भच्चेक, हर्मी, बुङ्कोट, नाम्जुङ, बोर्लाङ, घैरुङ, मनकामनालगायत क्षेत्रमा पुग्न सकेका छैनन् । भच्चेकसम्मको सडक सञ्चालन नहुँदा हंसपुर, खरिबोट, केरावारी, मुच्चोकसहित पूर्वी लमजुङको विचौर, दूधपोखरी, इलिमपोखरीका वासिन्दा ठूलो मर्कामा परेका छन् । 

ग्रामीण सडक अवरुद्ध भएपछि भूकम्पपछिको पुनःनिर्माणको काम ठप्प छ । निर्माण सामग्रीको ढुवानी गर्न नसक्दा पहिलो किस्ता बुझेका भूकम्प प्रभावितले पनि घर बनाउने काम थाल्न पाएका छैनन् । “छोप्राक–भच्चेक सडकखण्डमा हिलैहिलो छ” छोप्राकका कालिका पोखरेलले भन्नुभयो – “रातोमाटोमा गाडीका टायर चिप्लिन्छ ।” 

साथै सदरमुकामदेखि १२ किमी क्षेत्रभित्र रहेको बुङ्कोट पुग्ने बाटो हिलैहिलो हुँदा सवारी आवागमन हुन सकेको छैन । असार अन्तिममा सडक स्तरोन्नतिको काम गरिँदा ग्राभेल गरिएका सडक पुनः हिलोमा परिणत हुँदा सवारी चल्न नसकेका हुन् । 

सदरमुकामदेखि सौरपानी, ताकुकोट, बारपाक, लाप्राक, गुम्दा, घ्याच्चोक, सिम्जुङ, मुच्चोक, श्रीनाथकोटलगायत क्षेत्रमा विगत छ महिनादेखि यात्रुबाहक बस सञ्चालनमा आउन सकेको छैन । यस्तै क्षेत्र नं १ का ताक्लुङ, घैरुङ, मकैसिङ, मनकामनालगायत गाविसमा पनि ग्रामीण सडक पहिरोले गर्दा अवरुद्ध छ । 

हिन्दूहरुको महान् चार्ड दसैँ तिहार मुखमा आएका बेला ग्रामीण सडक मर्मत सुरु गरिएको छैन । जिल्लास्थित सडक कार्यालयले ग्रामीण सडक मर्मतका लागि सूचना जारी गरिसकेको भए पनि आकासे पानी अझै नथामिएकाले सडक मर्मतको काम सुरु नभएको हो । ग्रामीण सडक अवरुद्ध हुँदा सयभन्दा बढी सवारी गुडाउन नसकिँदा व्यवसायीलाई दिनहुँ लाखौँ घाटा परेको यातायात व्यवसायी समिति गोरखाले जनाएको छ । 

जिल्लास्थित सडक कार्यालयका प्रमुख प्रेमप्रकाश खत्रीले आउँदो तीन वर्षभित्र १५० किमी सडक कालोपत्रेको योजना रहेको भन्दै कालापत्रे नगरेसम्म ग्रामीण सडक हिउँदमा धुलो र बर्खामा हिलो हुने बताउनुभयो । बारपाक, आरुघाट, भच्चेकलगायत सडक कालोपत्रे गर्ने योजनामा रहेका छन् । 

स्थानीय विकास अधिकारी नारायण आचार्यले दसैँ अगाडि नै ग्रामीण सडक मर्मत गर्ने बताउनुभयो । राजनीतिक परामर्श समितिको आइतबारको बैठकले सबै ग्रामीण सडकमा बस चल्न सक्ने बनाउने निर्णय गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला