३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जेठदेखि कर्जाको ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

२८ बैशाख २०८०, बिहीबार ११:४३

वैशाख २८,  काठमाडौँ | आज बसेको नेपाल बैंकर्स संघको बैठकले जेठदेखि लागू हुने गरेर कर्जाको ब्याज घटाउने निर्णय गरेको छ । हाल बसिरहेको संघको बैठकमा जेठदेखि कर्जाको ब्याज घटाउने सहमति भएको हो । संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जेठदेखि कर्जाको ब्याज घट्ने जानकारी दिए । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘कर्जाको ब्याज बिस्तारै घट्दै आइरहेको छ । जेठमा पनि घट्ने सहमति भइसकेको छ ।’

केसीले विषेशगरी २ वटा कारणले गर्दा कर्जाको ब्याज घट्ने अवस्था आएको बताए । वैशाखदेखि लागू भइसकेको निक्षेपको ब्याज घटेको कारण र स्प्रेडदर घटाउँदै लग्नुपर्ने व्यवस्थाका कारण समेत ब्याज घट्ने उनले बताए । बैंकर्स संघले वैशाखदेखि लागू हुने गरेर निक्षेपको ब्याज एकल अङ्कमा झारेको थियो । वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याज ९.९९ प्रतिशत र मुद्दती निक्षेपको ब्याज ७.९९ प्रतिशतमा झारेको थियो । 

निक्षेपको ब्याज घटेकै कारण कर्जाको ब्याजदर घट्ने भएको हो । जेठदेखि कर्जाको ब्याज घट्ने भए पनि कति घट्ने भन्ने विषयमा बैंकले सूची सार्वजनिक भने गरिसकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ