२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहकारीमा नियमित वचतलाई प्राथमिकता दिऔ: जि.सी.

२०८०, ७ जेष्ठ आईतवार ०३:१७

जेठ ७, बागलुङ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जि.सी.ले वचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको दिगोपनाका लागि नियमित वचतलाई प्राथमिकता दिन आग्रह गर्नु भएको छ । 

महिला हित वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले शनिवार कुश्मामा आयोजना गरेको एक दिने क्षमता अभिवृद्धि कार्यक्रममा सहजीकरण गर्दै जिसीले यस्तो बताउनु भएको हो ।

सदस्यहरुलाई आयआर्जन वृद्धि गर्ने तरिका सिकाउनुका साथै खर्च कटौती गरी दिर्घकालिन वचतमा सहभागी हुन प्रेरित गर्नु पर्नेमा जोड दिदै जिसीले वचतलाई सदस्यहरुका बीचमा नियमित गर्न सक्दा मात्रै संस्थालाई दिगो बनाउन सकिने बताउनुभयो ।

सदस्यहरुले सहकारीमा राख्ने एउटा वचतलाई स्थिर सम्पत्ती वचतका रुपमा सञ्चालन गर्न सकिने बारेमा चर्चा गर्दै उहाँले जग्गा जमिन जस्तै पैसालाई स्थिर सम्पत्ती बनाउन सकिने बताउनुभयो ।

महिला हित वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लिलादेवी खड्काले सदस्यहरुलाई स्थिर सम्पत्ती वचतका बारेमा सचेतना प्रदान गरी आगामी आर्थिक वर्षबाट अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

सहकारीमा सदस्यहरुको सक्रियताका लागि महिला हित सहकारीले नियमित सहकारी शिक्षा तथा सचेतना लगायत संस्थालाई दिगो बनाउन सहयोग पुग्ने अभियान सञ्चालन गर्दै आएको खड्काले बताउनुभयो । उहाँले सहकारीले सदस्यबाट वचतका रुपमा संकलन गरेको रकमलाई सदस्यहरुमै लगानी गर्नु पर्नेमा जोड दिनभयो ।

तालिममा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार, उपसमिति र कर्मचारीहरुको काम कर्तव्य र अधिकारका साथै संस्थाको दिगोपनाका लागि वचत परिचालन लगायतका विषयमा बैंकका सञ्चालक जिसीले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा सञ्चालक समिति, सल्लाहकार, उपसमितिका सदस्य र कर्मचारी सहित १८ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रम संस्थाका अध्यक्ष लिलादेवी खड्काको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी जिसी केसीको स्वागत र सचिव सावित्री केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

एक हजार ३ सय जना शेयर सदस्य रहेको महिला हित वचत तथा ऋण सहकारी संस्थामा ३ करोड शेयर रकम, १० करोड वचत र १० करोड ऋण लगानी रहेको संस्थाका प्रवन्धक चन्द्रा कार्कीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से