४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहकारीमा नियमित वचतलाई प्राथमिकता दिऔ: जि.सी.

७ जेष्ठ २०८०, आईतवार ०३:१७

जेठ ७, बागलुङ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जि.सी.ले वचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको दिगोपनाका लागि नियमित वचतलाई प्राथमिकता दिन आग्रह गर्नु भएको छ । 

महिला हित वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले शनिवार कुश्मामा आयोजना गरेको एक दिने क्षमता अभिवृद्धि कार्यक्रममा सहजीकरण गर्दै जिसीले यस्तो बताउनु भएको हो ।

सदस्यहरुलाई आयआर्जन वृद्धि गर्ने तरिका सिकाउनुका साथै खर्च कटौती गरी दिर्घकालिन वचतमा सहभागी हुन प्रेरित गर्नु पर्नेमा जोड दिदै जिसीले वचतलाई सदस्यहरुका बीचमा नियमित गर्न सक्दा मात्रै संस्थालाई दिगो बनाउन सकिने बताउनुभयो ।

सदस्यहरुले सहकारीमा राख्ने एउटा वचतलाई स्थिर सम्पत्ती वचतका रुपमा सञ्चालन गर्न सकिने बारेमा चर्चा गर्दै उहाँले जग्गा जमिन जस्तै पैसालाई स्थिर सम्पत्ती बनाउन सकिने बताउनुभयो ।

महिला हित वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लिलादेवी खड्काले सदस्यहरुलाई स्थिर सम्पत्ती वचतका बारेमा सचेतना प्रदान गरी आगामी आर्थिक वर्षबाट अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

सहकारीमा सदस्यहरुको सक्रियताका लागि महिला हित सहकारीले नियमित सहकारी शिक्षा तथा सचेतना लगायत संस्थालाई दिगो बनाउन सहयोग पुग्ने अभियान सञ्चालन गर्दै आएको खड्काले बताउनुभयो । उहाँले सहकारीले सदस्यबाट वचतका रुपमा संकलन गरेको रकमलाई सदस्यहरुमै लगानी गर्नु पर्नेमा जोड दिनभयो ।

तालिममा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार, उपसमिति र कर्मचारीहरुको काम कर्तव्य र अधिकारका साथै संस्थाको दिगोपनाका लागि वचत परिचालन लगायतका विषयमा बैंकका सञ्चालक जिसीले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा सञ्चालक समिति, सल्लाहकार, उपसमितिका सदस्य र कर्मचारी सहित १८ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रम संस्थाका अध्यक्ष लिलादेवी खड्काको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी जिसी केसीको स्वागत र सचिव सावित्री केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

एक हजार ३ सय जना शेयर सदस्य रहेको महिला हित वचत तथा ऋण सहकारी संस्थामा ३ करोड शेयर रकम, १० करोड वचत र १० करोड ऋण लगानी रहेको संस्थाका प्रवन्धक चन्द्रा कार्कीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी मलाई अदालतले न्याय दिनेछ: रवि लामिछाने रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी