३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मलेसियन रिँगेट निरन्तर कमजोर, कति छ आज ?

१३ जेष्ठ २०८०, शनिबार ०२:१५

जेठ १३, काठमाडौं । वैदेशिक रोजगारको लागि नेपाली युवाहरुको आकर्षक गन्तव्य राष्ट्र मलेसियाको मुद्रा मलेसियन रिँगेट निरन्तर कमजोर बन्दै गएको छ । तीन साताअघि एक रिँगेटको २९ रूपैयाँ ४९ पैसामा कारोबार भएकोमा शुक्रबार नेपाल राष्ट्र बैंकले एक रिँगेट बराबर २८ रूपैयाँ ८७ पैसामा कारोबार भएको छ । आज बिदाको दिन भएकोले आज पनि उही रेट कायम छ । 


निरन्तररूपमा रिँगेट कमजोर भएपछि मलेसियाको केन्द्रीय सरकारी बैंक नेगारा मलेसिया (बीएनएम)ले रिँगेट गिरावटको पछाडि आन्तरिकभन्दा बाह्य कारकहरू जिम्मेवार रहेको  बताएको छ । बैंक नेगारा मलेसियाले अमेरिकी डलर र सिंगापुर डलरजस्ता प्रमुख मुद्राको तुलनामा रिँगेटमा आएको तीव्र गिरावट ‘बाह्य घटनाक्रम’को कारणले भएको र मलेसियाको अर्थतन्त्रमा कमजोरीको संकेत नभएको समेत दाबी गरेको छ ।

मलेसियालगायत अधिकांश विकासशील अर्थतन्त्रहरूबाट लगानीकर्ताको बहिर्गमन र  लगानीकर्ताहरूले आफ्नो लगानीको सुरक्षा गर्न खोज्दा अमेरिकी डलर बलियो र रिँगेट कमजोर हुने बैंक नेगारा मलेसियाको भनाइ छ । तर मलेसियामा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले मलेसियामा सरकार र प्रतिपक्षीबीच सम्बन्ध मैत्रीपूर्ण नभएको कारणले मलेसियामा विदेशी लगानीमाथि जोखिम बढाएको टिप्पणी गरेका छन् ।

नयाँ योजना ल्याउनुभन्दा वर्तमान सरकार निवर्तमान प्रधानमन्त्री अब्दुल रज्जाकका पालामा भएको भनिएको भ्रष्टाचारविरूद्ध मात्रै केन्द्रित भएकोले विदेशी लगानी पलायनको बाटोमा रहेको उनीहरूको भनाइ छ । नयाँ लगानी नआउने र विदेशी लगानी पनि पलायनको बाटोमा गए रोजगारी घट्ने उनीहरूले बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ