१० पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्याजको भाउ आधा घट्यो, नेपाली गोलभेडाको मूल्य बढ्यो

५ असार २०८०, मंगलवार ११:२०

असार ५,काठमाडौँ | भारतबाट आयात हुन थालेपछि प्याजको मूल्य आधा सस्तिएको छ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार भारतीय सुकेको प्याजको मूल्य न्यूनतम ५० रुपैयाँ प्रतिकिलोदेखि अधिकतम ५२ रुपैयाँसम्म बिक्री भइरहेको छ।

सोमबारसम्म प्याजको मूल्य स्थानीय बजारमा १ सय रुपैयाँभन्दा माथि पुगेको थियो। यद्यपि, कालिमाटी तरकारी बजारले भने लामो समयदेखि प्याजको मूल्य सार्वजनिक गरेको थिएन। 


गत जेठ २१ देखि आयात रोकिएको प्याज असार ४ बाट सुचारु भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा आन्तरिक उत्पादन बढाउने भन्दै प्याज र आलुलगायत अन्य कृषिजन्य वस्तुमा भ्याट लगाउने व्यवस्था गरेको छ। 

यसबाट आयात निरुत्साहित भई आन्तरिक उत्पादन बढ्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले दाबी गर्दै आएका छन्।

सरकारको यो नीतिपछि प्याजको मूल्य रातारात आकासिएको थियो। भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष १० महिनामा चीन र भारतबाट १० करोड १० लाख ३५ हजार रुपैयाँबराबरका १२ लाख ५६ हजार ४ सय ८३ किलो प्याज आयात भएको छ। जसबाट सरकारले १ करोड १२ लाख ८० हजार राजस्व संकलन गरेको छ।

नेपाली गोलभेडाको मूल्य पनि बढ्यो 

दुई दिन अघिसम्म थोकमा प्रतिकिलो २ रुपैयाँमा पनि नबिकेर फाल्नुपरेको गोलभेडा मूल्य केही हदसम्म बढेको छ। 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तालिकाअनुसार नेपाली ठूलो गोलभेडाको मूल्य न्यूनतम प्रतिकिलो ३५ देखि अधिकतम ४५ रुपैयाँ कायम भएको छ। 

त्यस्तै नेपाली सानो गोलभेडा (टनेल गोलभेडा) को मूल्य न्यूनतम प्रतिकिलो ९ रुपैयाँदेखि अधिकतम १४ रुपैयाँ पुगेको छ। 

त्यसैगरी भारतीय गोलभेडाको मूल्य न्यूनतम प्रतिकिलो ३५ देखि अधिकतम ४५ रुपैयाँ कायम भएको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मिलनको अपराधले परिवारजन स्तब्ध, शोकाकुल आमा भन्छिन्– छोराकै मुखबाट सुन्न चाहन्छु अजरबैजान विमान दुर्घटना : ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार अवैध सुन तस्करीको सूचनापछि अपरेसन चलाउँदा ९२ लाख रकम बरामद कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेर्ने मन्त्रिपरिषद्को निर्णय : सहकारी बोर्ड खारेजदेखि राखेपमा ८ सदस्य नियुक्तिसम्म मिलनको मोबाइलमा भेटियो कुलप्रसाद र प्रविणको हातले बनाएर क्रस चिन्ह लगाइएको स्केच एआई प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ काठमाडौं आइपुगे सोनु निगम बालकोटमा हत्या गरिएका बाबु–छाेराको अन्त्येष्टि, ८१ वर्षीय षडानन्दले दिए छोरा–नातिलाई दागबत्ती मुलुकमा संकट पर्दा कांग्रेस र एमाले जहिल्यै एकताबद्ध छन् : ईश्वर पोखरेल एमाले सचिवालय बैठक जारी कजाख्स्तान यात्रुवाहक जहाज दुर्घटना: २५ यात्रु बाँच्न सफल(अपडेट) दिपेन्द्र सिंह ऐरीले पाए कार, कारमा लाग्ने कर पनि शारडा ग्रुपले नै व्यहोर्ने ६७ यात्रु सवार अजरबैजान एअरलाइन्सको विमान कजाखस्तानमा खस्यो नेपाली चलचित्र ‘लाज शरणम्’ को विश्व बजारमा उच्च माग ‘पूर्ण बहादुरको सारङ्गी’को ग्रसकलेक्सन ८५ करोड सहकारी ठगी गर्ने कसैलाई छाड्दैनौँ : मन्त्री गुरुङ दिल्लीमा उपचारपछि घर फर्किए धनगढीका मेयर हमाल, स्वास्थ्यमा सुधार अफगानिस्तानमा पाकिस्तानको आक्रमण : १५ जनाको मृत्यु, बदला लिने तालिवानको चेतावनी नक्कली सूर्य बनाउँदै अमेरिका