असोन १८ पर्वत । नेपालीहरुको ठुलो चाड विजया दशमीका अवसरमा मुस्ताङबाट हजारौको संख्यामा भेँडा च्याङ्ग्रा बाहिर जिल्लामा निकासी भैरहेका छन् ।  हिन्दुहरुको महान चाड दशै श्ुरु भएसँगै कुश्मा बजारमा दशैका लागि आवश्यक पर्ने खसि भित्रिने क्रम जारी छ । दशैकालागि   "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोन १८ पर्वत । नेपालीहरुको ठुलो चाड विजया दशमीका अवसरमा मुस्ताङबाट हजारौको संख्यामा भेँडा च्याङ्ग्रा बाहिर जिल्लामा निकासी भैरहेका छन् ।  हिन्दुहरुको महान चाड दशै श्ुरु भएसँगै कुश्मा बजारमा दशैका लागि आवश्यक पर्ने खसि भित्रिने क्रम जारी छ । दशैकालागि   "/>
४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कुश्मामा दशैका लागि खसी भित्रिदै, च्याङ्ग्राको मुल्य उच्च

१८ आश्विन २०७३, मंगलवार ०५:०९

असोन १८ पर्वत । नेपालीहरुको ठुलो चाड विजया दशमीका अवसरमा मुस्ताङबाट हजारौको संख्यामा भेँडा च्याङ्ग्रा बाहिर जिल्लामा निकासी भैरहेका छन् ।  हिन्दुहरुको महान चाड दशै श्ुरु भएसँगै कुश्मा बजारमा दशैका लागि आवश्यक पर्ने खसि भित्रिने क्रम जारी छ । दशैकालागि     हिमालपारीको जिल्ला मुस्ताङबाट आवश्यक पर्ने खसी आउँदै छन् । बजारमा आएका खसीको मुल्य विगतका बर्षको तुलनामा उच्च रहेको पाइएको छ । प्रति खसिको मुल्य २६ हजार सम्म रहेको पाइएकको छ ।
    विगतका बर्षमा मुस्ताङमा बस्ने भोटे जातिले च्याङ्ग्रा ल्याउने गरेता पनि पछिल्लो समयमा स्थानीय       व्यपारीहरु आफै मुस्ताङमा पुगेर च्याङ्ग्रा ल्याउन थालेपछि खसिको मुल्य ह्वात्तै बढेको उपभोक्ता बताउँछन् ।
    दशैका लागी चीन र मुस्ताङबाट घाँसा भएर सोमबार सम्ममा २१ हजार भन्दा बढी  चाङ्ग्रा भित्रिएका छन् । यो बर्ष च्याङग्राबाट मात्रै १६ गते सम्म म्याग्दीमा १३ लाख ६५हजार ६सय ५० राजश्व संलकन भएको  कर कार्यालय म्याग्दीका हेमराज सुवेदीले बताए । हिन्दु नेपालीहरुको महान पर्व दशै तिहारकोलागी मासुको पुर्ती गर्नको लागी नेपालको मुस्ताङ तथा जोमसोम बाट नेपालको विभिन्न प्रमुख तथा क्षेत्रिय सहरहरुमा विक्रि वितरणका गर्ने मुस्ताङ बाट म्याग्दी घासा हुदै नेपालका विभिन्न बजारमा लैजाने गरेको च्याङग्रा व्यापारी चन्द्र अधिकारीले बताए । उनले गत वर्ष पनी च्याङग्रा मुस्ताङबाट किनेर पर्वत, बागलुङ, पोखरा, काठमाडौ लैजाने गरेको बताए । अधिकारीले गत वर्ष प्रति च्याङग्रा १६ हजारमा किनेको तर अहिले मुस्ताङमानै १८ देखी २० हजार परेको बताए । व्यापारीले २० हजारमा किनको च्याङ्ग्राको मूल्य २६ हजार पु¥याएका छन् ।
    त्यस्तै अर्का व्यापारी सिन्धुली घर भएका सुमन राईले पनी जोमसोममानै प्रति च्याङग्रा १८ देखी १९ हजार रुपैयामा किनेको बताए । यो वर्षको दशैको लागी मात्रै म्याग्दी घासामा रहेको मुख्य नाकाबाट २१ हजार १० चाङग्रा बाहिरिएको हेमराज सुबेदीले बताए । सुवेदीका अनुसार यी सबै च्याङग्राहरु मुस्ताङकै उत्पादन भने होईनन् । कुल उत्पादनको आधाआधी मात्र मुस्ताङका विभिन्न क्षेत्रमा उत्पादन हुन र आधा भन्दा बढी चीन बाट मुुस्ताङका स्थानीय व्यापारीने दशैको लागी २ देखी ३ महिना पहिले लिएर पाल्ने गरेको बताए । जिल्ला विकास कार्यलय म्याग्दीले प्रति चाङग्रा ६५ का दरले कर लिने गरेको र आइतबार सम्म १३ लाख ६५ हजार ६ सय ५० राजश्व संकलन भएको सुवेदीले जानकारी दिए ।
    यसैविच जिल्ला पशुसेवा कार्यालय मुस्ताङका वरिष्ठ पशु विकास अधिकृत डा. नन्दलाल बर्मा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा उजुरी परेको छ । चाडपर्वको अवसर पारेर जिल्लाबाट निर्यात हुने भेडाच्याङग्रामा घोटला गरेको भन्दै अख्तियारमा उजुरी   परेको हो ।
    डा.बर्माले भेडाच्याङग्राको भेटनरी     प्रमाणीकरण गरी प्रति भेडा १५ रुपैयाँका दरले शुल्क लिई     ब्यापारीलाई मलेप रसिद नदिएको भन्दै सिन्धुपाल्चोकका भेडाच्याङग्रा ब्यापारी शेरबहादुर स्याङवोले जिल्ला प्रशासन कार्यालय मुस्ताङ मार्फत अख्तियारमा उजुरी दिएका हुन् ।
    हामीले ५ सय वटा भेडाच्याङग्रा खरिद गरी जोमसोम ल्याई पशुसेवा कार्यालय जोमसोमका प्रमुख डा. नन्दलाल बर्मा संग भेटनरी प्रमाणीकरण     गरी प्रतिगोटा भेडाच्याङग्रा रु. १५ का दरले चेकजाँच खर्च भनि         राजस्व रकम बुझायौँ र हामी भेडाच्याङग्रा लिएर झ¥यौँ । म्याग्दी जिल्लामा पुगेपछि प्रहरीले हामीलाई राजस्व तिरेको रसिद देखाएपछि मात्र च्याङग्रा लैजान दिने भन्दै       रोक्यो र हामी पुनः रसिद लिन पशुसेवा कार्यालय जोमसोम फर्कियौँ । रसिद नदिएको बारे बुझ्दा हामी ठगिएको महशुस गरी अख्तियारमा उजुरी दियौँ । भेडाच्याङग्रा ब्यापारी स्याङवोले भने ।
    डा. बर्माले जिल्लाबाट बाहिरिने भेडाच्याङग्राको भेटनरी प्रमाणीकरण बापतको रकम लिई सोही दिन बिहानै पोखरा झेरेको र कार्यालयका अन्य कर्मचारीलाई आफुले तिरेको राजस्वको मलेप रसिद माग्दा हाकिम सावले गरेको कामको यहाँ रेकर्ड छैन बिना रेकर्ड हामीले रसिद दिन सक्दैनौँ भनि पठाएको स्याङवोले बताएका छन् ।
    उनीहरुले डा. बर्मालाई कारबाही गरी आफुले तिरेको रकम दिलाई पाउँ भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोलाई अनुरोध गरेका छन् । डा. बर्माले भने स्वास्थ्य परिक्षण गर्ने काम आफ्नो क्षेत्राधिकार भित्र पर्ने भएकाले गरेको र कुनैपनि आर्थिक लेनदेन        नगरेकाले आफुलाई सुनियोजित रुपमा फसाउन खोजिएको प्रतिक्रिया दिए ।
    सिन्धुपाल्चोक जिल्ला गोल्छा गाविस ४ का शेरबहादुर स्याङवो र सोही जिल्ला मांखा गाविस ४ का मेख बहादुर नेपालले लोमान्थाङका नुर्वु गुरुङ र मुक्तिनाथका ध्याप्के गुरुङबाट २५०÷२५० गरी ५०० गोटा भेडाच्याङग्रा किनेका थिए ।
    त्यसैगरी मुस्ताङबाट बाहिरिएका भेडाच्याङग्राको स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र जारी भएको छ । मुस्ताङको पशुसेवा कार्यालयले दसै तिहारका लागि निकासी भएका भेडाच्याङग्राको स्वास्थ्य    परीक्षण बिनै निरोगिताको प्रमाणपत्र दिएको हो ।
    एक हप्ता पछिको मिति राखेर निरोगिताको प्रमाणपत्र दिइरहेका          कर्मचारीहरुले रसिद नदिएको र मनपरी शुल्क लिएको ब्यवसायीले गुनासो गरेका छन् । एक पटक जारी भएको निरोगिताको प्रमाणपत्र ३ दिनका लागि मात्र लागु हुन्छ । त्यसपछि सम्बन्धित ठाउँमा पुगेर अर्को प्रमाणपत्र बनाउनुपर्छ । पशु ढुवानी मापदण्डको विपरीत     जारी भएको निरोगिताको पमाणपत्र नक्कली भएको पुष्टि भएको छ । फोटोकपी पेपरमा भएको          निरोगिताको प्रमाणपत्र मान्य नहुने ऐनमा उल्लेख छ । सरकारले तोकेको भन्दा फरक ढाँचा र फोटोकपीको पानामा प्रमाणपत्र जारी भएको छ । पहेलो रंगको प्रमाणपत्रमा पशुको उत्पत्ती, निकासी हुने माध्यम, लैजाने ठाउँ, संख्या, फर्म लगायतका विवरण उल्लेख    गर्नुपर्छ ।
    ठूलो संख्यामा रहेका भेडाच्याङग्राको एकएक गरेर स्वास्थ्य परिक्षण गर्न सम्भव नभएको पशु सेवाका कर्मचारीले तर्क गरेका छन् । पशु चिकित्सक उत्तमकुमार नेपालले आफ्नो नजरमा परेसम्मका भेडाच्याङग्राको स्वास्थ्य परिक्षण गरेर मात्रै निरोगिताको प्रमाणपत्र दिएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो