2026-09-27 04:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अल्लु अर्जुनको घरमा आक्रमण गर्ने तेलंगानाका मुख्यमन्त्री रेड्डीको सहयोगी भएको दाबी

काठमाडौँ | आइतबार उस्मानिया विश्वविद्यालयका विद्यार्थीहरूले अभिनेता अल्लु अर्जुनको हैदराबादस्थित घर बाहिर तोडफोड गरेका थिए। यस घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको थियो। सोमबार बिहान मुद्दामा संलग्न ६ अभियुक्तलाई जमानत मिलेको छ।

डीसीपीका अनुसार अल्लु अर्जुनको घरमा तोडफोड गर्ने ८ जनामध्ये ६ जनालाई आज बिहान हैदराबाद अदालतमा पेश गरिएको थियो, जहाँबाट उनीहरूले जमानत पाए। अदालतले अभियुक्तलाई जनही १० हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको छ।

यो सम्पूर्ण मामिलामा भारत राष्ट्र समिति (बीआरएस) नेता कृष्णकले अल्लु अर्जुनको घरमा भएको आक्रमणमा जमानत पाएका छ जना अभियुक्त मध्ये एक तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीको सहयोगी भएको दाबी गरे। तर, अहिलेसम्म यो आरोपमा रेवन्त रेड्डी र कांग्रेसका कुनै नेताले प्रतिक्रिया जनाएका छैनन्।

यी व्यक्तिहरु अभिनेताको घरमा जबरजस्ती पस्ने प्रयास रु उनीहरूलाई रोकेपछि उनीहरूले घरबाहिर राखिएको फूलका भाँडाहरू तोडेका थिए। मिडिया रिपोर्टमा अल्लु अर्जुनको घरमा टमाटर फालेको पनि बताइएको छ।

‘पुष्पा–२’ को प्रिमियरका क्रममा सन्ध्या थिएटरमा भएको भागदौडमा मृत्यु भएका महिलाको परिवारलाई एक करोड क्षतिपूर्ति दिन विद्यार्थीले माग गरेका छन्।

यस घटनाको केही समयपछि अल्लु अर्जुनले पोस्ट गरेका थिए, ‘म मेरा सबै फ्यानहरूलाई सधैं जस्तै जिम्मेवारीपूर्वक आफ्ना भावनाहरू व्यक्त गर्न अपील गर्दछु। कुनै पनि प्रकारको अपमानजनक भाषा, अनलाइन वा अफलाइन प्रयोग नगर्नुहोस्, न त कसैसँग दुर्व्यवहार गर्नुहोस्।’

अभिनेताले मृतक रेवतीका परिवारलाई २५ लाख रुपैयाँ दिने बताइसकेका छन्। साथै घाइतेहरुको पनि आफ्नै खर्चमा उपचार भइरहेको छ।

तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले शनिबार विधानसभामा बोल्दै अल्लु अर्जुन लापरवाह भएको दाबी गरे। अल्लु अर्जुनले मृत्युको जानकारी पाए पनि थिएटरबाट बाहिर नआएको र रोड शो गरेको उनको आरोप थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह