2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोषी ठहरिए रवि आजीवन रास्वपा सदस्य समेत हुन नपाउने

काठमाडौँ | सहकारी ठगीमा दुई महिना लामो समयदेखि प्रहरीको हिरासतमा रहेर अनुसन्धानलाई सघाइरहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रकरणले अब अदालतमा प्रवेश पाएको छ । प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीले मुद्दा दायर गरेको हो । र मुद्दामा आजबाट बयान समेत सुरु भएको छ ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरणमासमेत मुद्दा चलाइएको छ । लामिछानेमाथि सहकारी ठगीतर्फ रु तीन करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको हो ।

लामिछाने सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भए आजीवन रास्वपा सदस्य समेत हुन पाउँदैनन् । रास्वपा विधानको धारा १३ मा पार्टी सदस्य हुन पाउने योग्यता तोकिएको छ ।

रास्वपा विधानको धारा १३ मा पार्टी सदस्य हुन पाउने योग्यता तोकिएको छ, जहाँ ‘भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारप्रसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर, हत्यासम्बन्धी कसुर वा नैतिक पतन देखिने अभियोगमा सजाय पाएको’ व्यक्ति आजीवन रास्वपा सदस्य हुन अयोग्य ठहरिने उल्लेख छ ।

अर्को, ‘भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारप्रसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर, हत्यासम्बन्धी कसुर वा नैतिक पतन’बाहेकका अभियोगमा सजाय पाएको व्यक्ति भने सजाय भुक्तान गरेको एक वर्षपछि रास्वपा सदस्य हुन सक्ने व्यवस्था विधानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले