२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ऋणीलाई कालोसूचीमा राख्नुअघि ९० दिनको म्याद दिनुपर्ने

२०८०, १३ मंसिर बुधबार १०:२८

मङ्सिर १३, काठमाडौँ | नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८० को बुधबार संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमै तिर्न नसकेका ऋणीलाई कालोसूचीमा राखेर जमानत जफत गर्नुअघि ९० दिनको समय दिनुपर्ने व्यवस्था गरेको छ।

पछिल्लो समय खराब कर्जाको कारणले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले समयमै ऋण चुक्ता गर्न सकिरहेका छैनन्।

बैंक तथा वित्तीय संस्थाले ऋण तिर्न नसकेका ऋणीको जमानत बापत राखेको सम्पत्ति धमाधम लिलामी गर्न थालेसँगै राष्ट्र बैंकले क, ख र ग वर्षका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० संशोधन गरेर विगतको ३५ दिनको सट्टामा ९० दिनको म्याद दिनुपर्ने व्यवस्था गरेको हो। ऋणीलाई ९० दिनको समय दिएपछि मात्रै जमानतदातालाई कालोसूचीमा राख्न पाइनेछ।

राष्ट्र बैंकका अनुसार यस अघि कर्जा/सुविधाको लागि जमानत दिने व्यक्ति/फर्म, कम्पनी वा संगठित संस्था तर जमानतदातालाई कालोसूचीमा समावेश गर्नु पूर्व निजले जमानी दिएको रकम चुक्ता गर्न इजाजतप्राप्त संस्थाले  ३५ दिनको लिखित सूचना दिनुपर्ने व्यवस्था थियो। तर, अहिले ३५ दिनको सूचना दिनुपर्ने व्यवस्थालाई संशोधन गरेर ९० दिन पुर्‍याएको छ।

राष्ट्र बैंकले कर्जा/सुविधा उपलब्ध गराउनको लागि जमानत दिने व्यक्ति, फर्म कम्पनी वा संगठित संस्थालाई जमानतदातालाई कालोसूचीमा समावेश गर्नु पूर्व ऋणीले सुरक्षणस्वरुप राखेको धितो लिलाम गरी असुल गर्नुपर्ने व्यवस्था छ। यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको लेना रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानतदातालाई ९० दिनको समय प्रदान गर्नुपर्नेछ। 

यो सूचना अवधिपश्चता मात्र जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपर्नेछ। राष्ट्र बैंकको संशोधित निर्देशिकामा जोइन्ट भेन्चर (जेभी) मा आबद्ध फर्म/कम्पनीहरु जेभीमा आबद्ध कुनै फर्म वा कम्पनी कालोसूचीमा परेको कारणले सोही जेभीमा आबद्ध अन्य फर्म/कम्पनीहरुलाई कालोसूचीमा राख्न अनिवार्य नहुने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न